काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नेपाली सेनाको वि.नं. ०८२-८३/४८ (खुला तथा समावेशी), सैनिक प्राविधिक सेवा, सैनिक इन्जिनियरिङ समूह, उत्पादन उपसमूह, प्रा.अम. जनरल मेकानिकल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

यस्तै आयोगले नेपाली सेनाको वि.नं. ०८२/८३/आर १७ (आ.प्र.), सैनिक हवाई सेवा, हवाई सम्भार समूह, प्रा. जम. (एभियोनिक्स) ईलेक्ट्रिकल/इलेकट्रोनिक्स/एभियोनिक्स पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरेको छ ।

यसैगरी आयोगले नेपाली सेनाको वि.नं. ०८२/८३/४७ (खुला), सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह, डेन्टल उपसमूह, प्रा.अम. डेन्टल पद र वि.नं. ०८२/८३ र आर १८ (आ.प्र.), सैनिक हवाई सेवा, अन्य हवाई समूह, डिस्प्याचर उपसमूह, प्रा.जम. डिस्प्याचर पदको लिखित परीक्षाको नतिजा आजै सार्वजनिक गरेको छ ।








