काठमाडौँ । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै ढाँट उपाधिनजिक पुगेका हुन्।
तीन राउन्डसम्म चलेको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भए। पहिलो निर्णायकले ढाँटलाई २९-२८ अंक दिएका थिए भने दोस्रो निर्णायकले सोही अन्तरमा मर्डोकलाई विजेता मानेका थिए।
तेस्रो निर्णायकले ढाँटको पक्षमा २९-२८ अंक दिएपछि उनले दुई-एकको निर्णयसहित फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
ढाँटले अब फाइनलमा र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमा सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।
फाइनल जिते ढाँट यूएफसीका लागि छनोट हुनेछन्।






