१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपछि परराष्ट्र मन्त्री खनालको सर्बिया भ्रमण स्थगन

अ+ अ-

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरण सभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो ।

बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ । मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार परराष्ट्र मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो ।

यसैबीच, रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्री खनाल सर्बिया भ्रमणमा नजाने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी हुनेछ । सन् १९६१ मा बेलग्रेडमा असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो शिखर सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरण सभा आयोजना गर्न लागिएको हो ।

0 Comments