१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापनमा स्थानीय तहलाई नेतृत्व दिनुपर्नेमा गगन थापाको जोड

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्राकृतिक विपद्को प्रतिकार्यलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारीसहितको समन्वय आवश्यक रहेको बताएका छन्। उनले राहत वितरणको मुख्य जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्ने धारणा राखेका छन्।

ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बाढी पहिरोपछि उत्पन्न अवस्थाका विषयमा पार्टीको भूमिकाबारे आयोजित छलफलमा थापाले विपद् व्यवस्थापनलाई तत्कालीन उद्धारमा सीमित नराखी दीर्घकालीन र संस्थागत प्रणालीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

जाजरकोट भूकम्पलगायत विगतका विपद्बाट प्राप्त अनुभवलाई नीतिगत तथा संस्थागत संरचनामा समेट्नुपर्ने उनको भनाइ थियो। पार्टीका कार्यकर्तालाई आवश्यक तालिम प्रदान गरी विपद्को समयमा परिचालन गर्न सके उद्धार तथा राहत अभियानमा थप जनशक्ति र क्षमता उपलब्ध हुने उनले बताए।

प्रमुख प्रतिपक्षी दलका रूपमा काँग्रेसले संकटका बेला सरकारका प्रयासमा सहयोग गर्ने तर कार्यसम्पादनमा देखिएका कमजोरीप्रति निरन्तर खबरदारी गर्ने थापाले स्पष्ट पारे। यसअघि पार्टीले सरकारसमक्ष प्रस्तुत गरेको नौ बुँदे ध्यानाकर्षणलाई कार्यान्वयनमा लैजान उनले प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराए।

विपद् प्रभावित नागरिकको वास्तविक आवश्यकता पहिचान गर्न स्थानीय तहको भूमिकालाई प्राथमिकता दिनुपर्नेमा उनले विशेष जोड दिए। ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अन्य संवेदनशील समूहका आवश्यकता स्थानीय सरकारलाई प्रत्यक्ष रूपमा बढी जानकारी हुने भएकाले राहत व्यवस्थापनमा स्थानीय तहलाई पन्छाएर काम गर्न नहुने उनको तर्क थियो।

संघीय सरकारले प्रदेश र स्थानीय तहलाई एउटै कार्यदलका सदस्यका रूपमा समेटी कुन तहले कुन काम गर्ने भन्ने स्पष्ट जिम्मेवारी तोक्नुपर्ने थापाले बताए। उनका अनुसार यसबाट राहत वितरणमा दोहोरोपन घटाउनुका साथै स्थानीय आवश्यकताअनुसार स्रोत परिचालन गर्न सहज हुनेछ।

विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै पार्टीका नेता तथा कार्यकर्तालाई भड्किलो सार्वजनिक कार्यक्रम, उत्सव वा महोत्सव नगर्न पनि उनले निर्देशन दिएका छन्। त्यस्तै, सामाजिक सञ्जालमार्फत मृतकका तस्बिर वा अत्यन्त पीडादायी दृश्य सार्वजनिक नगरी मानवीय संवेदनशीलता कायम गर्न उनले आग्रह गरे।

थापाले बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न आफू नेतृत्वको टोली सोमबार सम्बन्धित क्षेत्रमा जाने जानकारी दिए। विपद्बाट उत्पन्न समस्या तत्कालीन उद्धार र राहतपछि समाप्त हुने नभएकाले पुन:स्थापना तथा दीर्घकालीन व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।

अभिभावक गुमाएका बालबालिकाको शिक्षा निरन्तरता तथा विस्थापित परिवारको पुन:स्थापनामा काँग्रेसले दीर्घकालीन रूपमा काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। पार्टीको विपद् व्यवस्थापन समितिलाई वडा तहसम्मको वास्तविक क्षतिको विवरण संकलन गरी त्यसका आधारमा आगामी कार्ययोजना तयार गर्न समेत थापाले निर्देशन दिएका छन्।

0 Comments