१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई प्रभावकारी उद्धार र राहतमा जुट्न माधव नेपालको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालैको प्राकृतिक विपत्तिबाट प्रभावितहरूको सहयोगका लागि आफ्नो पार्टीको तर्फबाट २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

आईतवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त रकम राज्य सरकारको राहत कोषमा जम्मा गरिने जानकारी दिएका हुन् । 

सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। 

उनले धेरै परिवारहरू शोकमा डुबेको र कतिपयको उठिबास भएको उल्लेख गर्दै पार्टीका तर्फबाट उद्धार र राहत कार्यमा सक्रिय हुन कार्यकर्ताहरूलाई निर्देशन दिइएको बताए । राहत रकम संकलनका लागि पार्टीका मन्त्री, सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र नेताहरू सक्रिय रहेको उनले जानकारी दिए। 

सरकारको भूमिकाका बारेमा बोल्दै नेता नेपालले अहिलेको संकटपूर्ण घडीमा सरकारले खोज, उद्धार र राहत वितरणलाई प्राथमिकतापछि राख्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘अहिले देश ठूलो संकटमा छ। धेरै मानिसहरू बेपत्ता छन्, कतिको शव नदीले बगाएर सीमावर्ती भारतीय क्षेत्रसम्म पुर्‍याएको हुनसक्छ । यस्तो अवस्थामा बेपत्ताको खोजी र शवको पहिचानका लागि सरकारले विशेष सक्रियता देखाउनुपर्छ ।’

उनले संकटको यस समयमा सरकारको आलोचना गर्नुभन्दा पनि रचनात्मक सुझाव दिनु उपयुक्त हुने बताए । भविष्यमा यस्ता प्राकृतिक विपत्तिबाट गाउँ र बस्तीलाई जोगाउन सरकारले दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

0 Comments