काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको गुणमापक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
मानव श्रोत विभागले सोमवार सूचना जारी गर्दै परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको नामावली प्रकाशन गरेको हो।
गुणमापक परीक्षामा सफल भएका उम्मेदवारहरूको विशेष स्वास्थ्य परीक्षण आगामी भदौ २२ गते बिहान ७ बजेदेखि नेपाल ए.पी.एफ. अस्पताल, बलम्बुमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूचना :








