१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको टिप्पणी : ‘विपदमा सरकार खोज्नुपर्ने अवस्था आयो, कहिले काहीँ हेलिकप्टरमा उडेको देखिन्छ’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले नेकपा एमाले राजधानी प्रदेश कमिटीबाट बाढी पीडितलाई हस्तान्तरण गरिएको दश लाखको चेक ग्रहण गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले रास्वपा सांसद र मन्त्रीहरूलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी पनि गरे । उनले विपद्पछि केन्द्रीय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गरे । उनले निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि समेत जनाए ।

उनले उद्धारका लागि तालिम प्राप्त जनशक्ति र हेलिकप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए थप प्रभावकारी उद्धार हुनसक्ने भए पनि सरकारको त्यसतर्फ ध्यान नगएको बताए । अध्यक्ष ओलीले सुरुङमुनि तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकप्टरबाट मात्र उद्धार सम्भव नहुने बताए । उनले पीडितलाई आफन्तको खोजी गर्नसमेत सरकारले नदिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘ कोही जान्छन् नागरिकलाई हप्कीदप्की गरेर फर्किन्छन्, बडप्पन देखाउँछन् । कोही जान्छन् आधारहीन निर्देशन दिएर फर्किन्छन् । कोही समस्यामाथि समस्या थपेर फर्किन्छन् । हामी समस्यामा मलमपट्टी लगाउन खोजिरहेका छौँ । यतिखेर पनि हाम्रो पार्टीका नेता कार्यकर्ताहरू, स्थानीय र प्रदेशका जनप्रतिनिधिहरू समेत स्थलमै खटिएर काम गरिरहनुभएको छ । यस्तो अवस्थामा सरकार कहाँ छ खोज्नुपर्छ । केन्द्रीय सरकार चाहिँ कहाँ छ ? कहिले कहिले हेलिकप्टरमा उडेको देखिन्छ । घरको छतमा कोही छ भने त्यसलाई बाढी गइसक्यो, घरको छतमा घर टिक्या छ, घरको छतमा मान्छे छ भने निकालेको देखिन्छ । यस्तै यस्तै काम गएको देखिन्छ । तैपनि धन्यावाद केही त गरेको छ । निजी क्षेत्रलाई हेलिकप्टर चलाउन दिएको छैन । निजी हेलिकप्टर पनि जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न उत्सुकहरू छन् । उद्धारका निम्ति ट्रेनिङ लिएका मान्छेहरू छन् । त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे, तर प्रतिबन्ध लगाएर हेलिकप्टर रोक्दिएको छ । अब रेस्क्यु कहाँ कहाँनेरी गर्नुहुन्छ ? सुरुङमुनिको रेस्क्यु त हेलिकप्टरबाट गर्दैन । त्यहाँ मान्छे रोकेर राखेको बल्ल खोल्या छ । स्थानीयले हामीलाई कमसेकम आफन्तहरू खोज्न देऊ न भनिरहेका छन् । सरकारले दिएको छैन । यस्तो अवस्थामा पनि हामीले काम गरिरहेका छौँ ।’

उनले एमालेका नेता तथा कार्यकर्ता तथा स्थानीय र प्रदेशका जनप्रतिनिधि प्रभावित क्षेत्रमा काम गरिरहेको दाबी समेत गरे ।

0 Comments