१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले भन्यो : ‘पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ’

अ+ अ-

काठमाडौँ । सरकारले बाढी पहिरो लगायतका विपद्मा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक र कानुनी प्रक्रिया पुर्‍याएर व्यवस्थापन भइरहेको स्पष्ट पारेको छ । 

सोमवार सिंहदरबारमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शव व्यवस्थापनका सम्बन्धमा उठेका प्रश्नहरूको स्पष्टीकरण दिएका हुन्। 

उनले पहिचान नभएका तथा बेवारिसे शवहरूको व्यवस्थापन ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ र अन्तर्राष्ट्रिय वैज्ञानिक मापदण्ड बमोजिम भइरहेको जानकारी दिए। 

मन्त्री पोखरेलका अनुसार पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डिएनए नमूना, औँठाछाप र अन्य आवश्यक विवरणहरू सुरक्षित राखेर मात्र जमिनमुनि व्यवस्थापन गरिएको छ । 

उनले भने, ‘शवहरू नष्ट गरिएको होइन, वैज्ञानिक ढंगले व्यवस्थापन मात्र गरिएको हो । भविष्यमा कुनै आफन्तले दाबी गर्न आएमा डिएनए परीक्षणमार्फत पहिचान रुजु गरी शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोका खुला राखिएको छ ।’

सरकारले शव व्यवस्थापनको सम्पूर्ण प्रक्रियालाई पारदर्शी र जिम्मेवारपूर्ण बनाएको उल्लेख गर्दै मन्त्री पोखरेलले यस कार्यमा कुनै पनि कानूनी वा वैज्ञानिक त्रुटि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । शवको पहिचानका लागि आवश्यक पर्ने नमुनाहरू भविष्यका लागि सुरक्षित अभिलेखीकरण गरिएको उनले पुनः स्पष्ट पारे । 

0 Comments