कर्णाली । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि कर्णाली प्रदेश सरकारले रु दुई करोड सहयोग गर्ने भएको छ ।
प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार, पुन:स्थापना तथा क्षतिग्रस्त संरचनाको पुन:निर्माण एवं विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु दुई करोड जम्मा गर्ने निर्णय भएको मुख्यमन्त्री मंगलबहादुर शाहीले जानकारी दिए ।
त्यसैगरी, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३/२०९२’ स्वीकृत गर्ने निर्णय भएको उनले बताए ।






