१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री पौडेलद्वारा ‘नेपालले बोलाइरहेको छ’ भन्ने सन्देश जारी, नेपाल भ्रमण रद्द नगर्न अपिल

पर्यटन मन्त्री खडकराज पौडेल ‘गणेश’ले विपद्बाट केही क्षेत्र प्रभावित भए पनि अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित, पहुँचयोग्य र खुला रहेको भन्दै नेपाल भ्रमणलाई निरन्तरता दिन अन्तर्राष्ट्रिय यात्रुसँग आग्रह गरेका छन्।

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गणेश’ले नेपाल भ्रमणको योजना रद्द नगर्न अन्तर्राष्ट्रिय पर्यटक तथा नेपालका मित्रहरूसँग अपिल गरेका छन्।

‘नेपालले बोलाइरहेको छ’ भन्ने सन्देश जारी गर्दै मन्त्री पौडेलले हालैको विपद्ले केही क्षेत्र र नागरिकको जनजीवन प्रभावित भए पनि नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित, स्वागतका लागि तयार र सहज पहुँचमा रहेको बताएका हुन्।

देश क्रमशः सामान्य अवस्थामा फर्किरहेको र नेपालका धेरैजसो क्षेत्रमा पर्यटकीय गतिविधि निरन्तर सञ्चालन भइरहेको उनको भनाइ छ।

“यदि तपाईँ नेपाल भ्रमणको योजना बनाइरहनुभएको छ भने यो रद्द गर्ने होइन, नेपाल आउने समय हो,” मन्त्री पौडेलले अपिलमा भनेका छन्।

पर्यटकको आगमनले स्थानीय समुदाय, पर्यटन श्रमिक, व्यवसायी तथा पर्यटनमै निर्भर असङ्ख्य परिवारको जीविकोपार्जनमा सहयोग पुग्ने उनले उल्लेख गरेका छन्।

मन्त्री पौडेलले नेपालको हिमाल, संस्कृति, नागरिकको आत्मीयता र पर्यटकीय रूपमा ओझेलमा परेका गन्तव्यको अनुभव गर्न नेपाल आउन अन्तर्राष्ट्रिय यात्रुलाई आह्वान गरेका छन्।

“हिमालका लागि आउनुहोस्, संस्कृतिका लागि आउनुहोस्, यहाँका मानिसका लागि आउनुहोस्,” अपिलमा भनिएको छ, “नेपाल आउनुहोस् र नेपालको ओझेलमा रहेको सुन्दर पक्षको अन्वेषण गर्नुहोस्।”

0 Comments