काठमाडौँ । भुटान सरकारले रसुवामा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाललाई १६ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार भुटानले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो।
भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापालाई भारतका लागि भुटानका राजदूत मेजर जनरल भेट्सोप नामग्येलले सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।
भुटानले रसुवा बाढीलगत्तै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहायता उपलब्ध गराएको दूतावासले जनाएको छ।






