१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी : सेनाद्वारा बुधबार थप ३४ जनाको उद्धार, सुरुङ खोल्ने प्रयास जारी

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकामध्ये बुधबार थप ३४ जनाको उद्धार गरेको छ। यससँगै सेनाले हालसम्म हवाई साधनमार्फत २७३ विदेशीसहित तीन हजार ९२५ जनाको उद्धार गरेको जनाएको छ।

सेनाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनामा नेपाली सेना, आयोजना प्रतिनिधि, प्राविधिक तथा विदेशी विशेषज्ञ सम्मिलित टोलीले सुरुङभित्र प्रवेश गर्ने र सम्पर्कविहीनहरूको खोजी गर्ने कामलाई निरन्तरता दिएका छन्।

रसुवागढीमा २७५ मिटरसम्म खोजी
रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका इन्जिनियरसहितको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजी गरिरहेको छ। खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाउन एक्स्काभेटर झार्ने तयारी भइरहेको सेनाले जनाएको छ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशी विशेषज्ञसहितको २५ सदस्यीय संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरेर खोजी गरिरहेको छ।

चिलिमेको सुरुङमा साउन्ड डिटेक्टरबाट निगरानी
चिलिमे जलविद्युत् आयोजनामा नेपाल पर्वतारोहण संघ र विदेशी विशेषज्ञसहितको संयुक्त टोली १५० मिटरसम्म पुगेको छ। त्यसपछि सुरुङ बन्द अवस्थामा भेटिएपछि साउन्ड डिटेक्टरको सहायताले भित्री अवस्थाको निगरानी गरिएको सेनाले उल्लेख गरेको छ।

अपर त्रिशूली-१ आयोजनाको सुरुङको मुख ढुंगाले थुनिएकाले उद्धार टोलीले अवरोध हटाएर भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ।

हाकुबेँसीमा २६० मिटरसम्म पुग्दा केही भेटिएन
हाकुबेँसी क्षेत्रमा उद्धार टोलीले २६० मिटरसम्म प्रवेश गरेर खोजी गरे पनि हालसम्म केही फेला परेको छैन। आयोजनाको मुख्य सुरुङमा २५ मिटर, एक्सेस टनेल-१ बाट करिब १५० मिटर र एक्सेस टनेल-२ बाट करिब २० मिटरसम्म खोजी गरिएको छ।

टोली २६ मिटर पानी रहेको डिसेन्डर बेसिनसम्म पुगे पनि त्यसभन्दा अगाडिको भाग बन्द अवस्थामा भेटिएको सेनाले जनाएको छ।

त्रिशूली-थ्री ‘ए’मा चट्टान विस्फोट गरिँदै
त्रिशूली-थ्री ‘ए’ आयोजनामा नेपाली सेनासहितको ९३ सदस्यीय संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले चारवटा एक्स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो तथा लेदो पन्छाइरहेको छ।

सुरुङ खोल्न कम्प्रेसर, ब्रेकर र विस्फोटक पदार्थ प्रयोग गरिएको छ। सुरुङको आउटलेटमा भरिएको लेदो उपकरणमार्फत हटाउने तथा अगाडिको चट्टान विस्फोट गरेर बाटो खुलाउने काम भइरहेको सेनाले जनाएको छ।

त्रिशूली-थ्री ‘बी’ आयोजनामा ६१ सैनिक, तीन गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली परिचालित छ। टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी उपकरणको सहायताले खोजी गरिरहेको सेनाले जनाएको छ।

0 Comments