काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धारमा खटिने टोलीको मनोबल उच्च राख्न जोखिम भत्ता, खाजा खर्च र स्वास्थ्य सुरक्षासम्बन्धी निर्णय गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी र कर्मचारीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताए।






