१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सकारी कोषमा जम्मा नै गर्दैनौँ भनेका होइनौँ तर हाम्रो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहत पुर्‍याउनु हो’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो पीडितहरूलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु पार्टीको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो बताए ।

अध्यक्ष ओलीले एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ताहरूको परिचालनमार्फत राहत संकलन तथा वितरण कार्य गरिरहेको जानकारी दिए। उनका अनुसार पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए तापनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने देखिएको छ ।

उनले थप स्पष्ट पार्दै राहत सरकारी कोषलाई नभई पीडितलाई आवश्यक भएको र उद्धार एवं राहतका कार्य सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताए ।

राहत रकम सरकारी कोषमा जम्मा गर्ने विषयमा स्पष्ट पार्दै अध्यक्ष ओलीले भने, ‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ । तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्‍याउने कार्यलाई प्राथमिकता दिएका छौँ ।’

हालको विषम परिस्थितिमा उद्धार र राहत वितरण नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितको आवश्यकतालाई सम्बोधन गर्न पार्टी दत्तचित्त भएर लागिपरेको बताए।

0 Comments