१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दु:खद्’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दु:खद् भएको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको नेपाली सेना सधैँ निष्कलंकित र निर्विवाद रहनुपर्नेमा जोड दिए । विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै अध्यक्ष ओलीले सेनाको पछिल्लो सक्रियता र समय सन्दर्भमाथि समेत प्रश्न उठाए । राहत र उद्धारको नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट नभएको टिप्पणी गर्दै उनले अहिलेको मुख्य प्राथमिकता राहत र पुन:स्थापना नै हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘नेपाली सेना राजनीतिक विवादमा मुछिनै नहुने संस्था हो, तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ । सेना नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकाले यो संस्था सधैँ स्वच्छ र आफ्नो सीमाभित्र रहनु उचित हुन्छ । अहिलेको समय राहत र उद्धारमा केन्द्रित हुने बेला हो । यससँगै भत्किएका संरचनाको पुनर्निर्माण पनि आवश्यक छ । प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने तथा अवरुद्ध सडक सञ्चालन गर्ने कार्य भइरहेको छ ।’

अध्यक्ष ओलीले राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि समान्तर रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरे । रसुवाका बाढी र पहिरो प्रभावितका लागि सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा अध्यक्ष ओलीले प्राप्त राहत सामग्री हस्तान्तरण गरेका थिए ।

0 Comments