१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीले क्षतिग्रस्त २० झोलुंगे पुलको मर्मत कार्य तीव्र, ३३ वटाको पुनर्निर्माण गरिने

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त झोलुंगे पुलको मर्मत तथा पुनर्निर्माण प्रक्रिया सरकारले अघि बढाएको छ।

भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो। प्रभावित क्षेत्रको स्थलगत मूल्यांकनपछि तीमध्ये २० वटा पुल मर्मत र ३३ वटा पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको हो।

सरकारले मर्मत गर्नुपर्ने २० वटा झोलुंगे पुलका लागि भदौ १७ गते कार्यादेश जारी गरेको थियो। कार्यादेशपछि पाँचवटा पुलको मर्मतमा प्रगति भएको छ।

महेश दोभान-मास्टार, कालिकाथान, मलिंगा-मझुवाटार, केउरेनी-गहते र पिमलटार-जागराम खोला झोलुंगे पुलको मर्मत कार्य अघि बढाइएको हो। यी पाँचवटै पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

मर्मतबाट सञ्चालनमा ल्याउन नसकिने ३३ वटा झोलुंगे पुल भने पुनर्निर्माण गर्नुपर्ने भएको छ। सरकारले ती पुलको पुनर्निर्माणका लागि पनि भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।

बाढीले ठूलो संख्यामा झोलुंगे पुलमा क्षति पुर्‍याएपछि मुग्लिङदेखि टिमुरेसम्मका विभिन्न बस्तीबीचको आवागमन प्रभावित भएको छ। मर्मत र पुनर्निर्माणपछि प्रभावित क्षेत्रको स्थानीय आवागमन सहज हुने अपेक्षा गरिएको छ।

0 Comments