२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन

अ+ अ-

त्रिशूली (नुवाकोट) । भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबोन्युक्लिक एसिड (डिएनए)परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । 

यसअघि नमूना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार बाढी परेर दिवङ्गत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

“भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोट र रसुवाका धेरै व्यक्ति हराएका भनेर निवेदन प्राप्त भएसँगै भेट्टिएका शवको पहिचानका लागि डिएनए परीक्षण गराउन परिवारका सदस्यसँग नमूना संकलन थालिएको छ”, प्रहरी नायब महानिरीक्षक डा. पौडेलले भने, “डिएनएको नमूना दिन काठमाडौँ जानुपर्ने बाध्यतालाई सरल बनाउन नेपाल प्रहरी अस्पताल महाराजगञ्जले विदुरमा संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।” 

उनका अनुसार डिएनए परीक्षणका लागि अुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा छोराछोरीमध्ये जोकोही एक जनासँग नमूना संकलन गरिएको छ । भेट्टिएका शवको डिएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगतसम्बन्धी आफन्तको नमूना बढी उपयोगी हुने भएकाले विशेषगरी बुबा, आमा, छोरा वा छोरीसँग नमूना लिनका लागि उनले आग्रह गरे । यो सम्भव नभएको अवस्थामा भने नजिकका रगतसम्बन्धी आफन्तबाट पहिचान गर्न सकिने डा पौडेलले जानकारी दिए।  

बाढीमा हराइरहेका व्यक्तिको परिवारको तर्फबाट नमूना दिने व्यक्तिको दुईप्रति फोटोसहित परिचय खुल्ने सरकारी कागजात आवश्यक पर्नेछ भने बालबालिकाको हकमा जन्म दर्ता वा विद्यालयको परिचयपत्र भए हुने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए। 

उनका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेको भनेर नुवाकोटमा दुई हजार ५६४ निवेदन प्राप्त भएका छन् । त्यसमध्ये हालसम्म १९२ शव प्राप्त भएकामा १८ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । 

बाँकी सनाखत भएको अवस्थामा परिवारलाई उपलब्ध गराउने गरेर सोहीअनुसार व्यवस्थापन गरिएकाले शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रियालाई तीव्रता दिइएको प्रहरी उपरीक्षक रेग्मीले बताए । 

0 Comments