२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित ज्येष्ठ नागरिकप्रति प्रधानमन्त्री शाहको प्रतिबद्धता: ‘सरकार अभिभावक बनेर साथमा उभिनेछ’

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नुवाकोटको बेत्रावतीमा भएको सफल उद्धार घटनालाई आशाको सन्देशका रूपमा उल्लेख गर्दै बाढी तथा पहिरो प्रभावित ज्येष्ठ नागरिकहरूको पुन:स्थापना, उद्धार र राहतमा सरकार पूर्ण जिम्मेवारीका साथ खटिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विदुर-१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सकुशल उद्धार गरेको जानकारी दिँदै खोज तथा उद्धार कार्यमा सरकार निरन्तर जुटिरहेको बताए । 

विपद्का कारण घरबारविहीन भएका र आफन्त गुमाएका ज्येष्ठ नागरिकहरूका लागि सरकारले अस्थायी शिविर तथा होल्डिङ सेन्टरहरूमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका सुविधाहरू पुर्‍याइरहेको प्रधानमन्त्रीले जनाएका छन् । 

बाढीबाट क्षति पुगेको नुवाकोटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका प्रभावितहरूमध्ये ७ जनालाई काठमाडौँको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनार पाटीमा रहेको कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। उनीहरूलाई हिँडडुलका लागि ह्वीलचियर तथा वाकरको व्यवस्थाका साथै मानसिक आघात कम गर्न निरन्तर स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइँदै आएको छ।

विपद्को यस घडीमा आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूको उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको बताए । 

त्यस्तै, आफन्त र जायजेथा गुमाएका पीडित नागरिकहरूको आक्रोशलाई स्वाभाविक रूपमा लिँदै प्रधानमन्त्री शाहले यस संवेदनशील समयमा पीडितहरूमाथि अनावश्यक टिप्पणी गर्ने वा हियाउने काम गर्नेहरू विरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । 

प्रधानमन्त्री शाहले बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूलाई मन दह्रो बनाउन र राज्यलाई आफ्नै परिवार सम्झिएर भरोसा राख्न आग्रह गरेका छन् ।  

0 Comments