२१ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

अ+ अ-

काठमाडौँ । रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ।

गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याइएको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आमाछोदिङमो गाउँपालिका यातायात सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको अवस्थामा सडक मार्गबाट तत्काल स्वास्थ्य संस्थासम्म पुर्‍याउन सम्भव नभएपछि हवाई उद्धार गरिएको हो।

सरकारले गत भदौमा स्वीकृत गरेको कार्यविधिमा बाढी तथा पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भई विशेष परिस्थिति सिर्जना भएमा दुर्गम भौगोलिक क्षेत्रबाट ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र २४ घण्टाभित्रका नवजात शिशुलाई हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन सकिने व्यवस्था गरेको छ।

सोही व्यवस्थाअनुसार आमा र नवजात शिशुको जीवन रक्षाका लागि तत्काल हवाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको मन्त्रालयले जनाएको छ।

उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्ने स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा सम्बन्धित स्वास्थ्यकर्मीप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ।

0 Comments