२१ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विपद् व्यवस्थापन र पुन:स्थापनामा सरकार गम्भीर बनोस्’: सांसद आचार्य

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद मोहन आचार्यले रसुवामा आएको भोटेकोशी बाढीबाट सिर्जित संकट समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । 

आइतबार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सांसद आचार्यले रसुवाको वर्तमान अवस्था, उद्धारमा देखिएका चुनौती र दीर्घकालीन समाधानका उपायबारे ध्यानाकर्षण गराएका हुन् । 

सांसद आचार्यले विपद्को प्रारम्भिक चरणमा टनेल (सुरुङ) रेस्क्युका लागि आवश्यक प्राविधिक उपकरण र जनशक्ति नहुँदा उद्धार कार्य प्रभावकारी हुन नसकेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिले अन्तर्राष्ट्रिय उद्धार टोली मगाउन सरकारलाई अनुरोध गरे पनि समयमै निर्णय हुन नसक्दा ठुलो मानवीय क्षति भएको उनको दाबी छ । 

सुरक्षाकर्मीले सीमित स्रोतसाधनका बिच प्रशंसनीय काम गरे पनि सुरुवाती दिनमै सही निर्णय भएको भए थप नागरिकको ज्यान बचाउन सकिने उनले उल्लेख गरे । 

बाढी र पहिरोका कारण विस्थापित रसुवाका २२ सयभन्दा बढी नागरिक हाल काठमाडौँका विभिन्न गुम्बा र पार्टी प्यालेसमा आश्रय लिइरहेको जानकारी दिँदै उनले उनीहरूको उचित पुनर्स्थापनाका लागि सरकारसँग पहल गर्न नेतृत्वलाई आग्रह गरे । सांसद आचार्यले विपद्ले निम्त्याएको सामाजिक समस्याप्रति पनि चिन्ता व्यक्त गरे । रसुवाका कतिपय घरमा अभिभावक बेपत्ता भएका र बालबालिकाहरू मात्र बाँकी रहेको अवस्था छ । बैंकबाट ऋण लिएर व्यवसाय गरेका अभिभावकहरू गुमेपछि ती बालबालिकाको भविष्य र ऋणको भारबारे सरकारले सोच्नुपर्ने उनको भनाइ छ । 

विपद्को प्रकृतिबारे चर्चा गर्दै उनले भने, ‘२०७२ सालको भूकम्पमा भौतिक संरचना मात्र भत्किएका थिए, तर अहिलेको बाढीले जमिन र घर दुवै बगाएको छ । अहिले एयरलिफ्ट (हवाई मार्ग) बाहेक राहत र औषधि पठाउने अर्को विकल्प छैन । जापानको मोडलमा जस्तै अबका पूर्वाधारहरू हिमाली र पहाडी भूगोल सुहाउँदो एवं विपद् थेग्न सक्ने गरी डिजाइन गरिनुपर्छ ।’

हाल रसुवाका १२ वटा वडा सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएका छन् । ढुवानीका मार्गहरू अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु र औषधिको आपूर्तिमा समस्या देखिएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा विशेष गरी अक्सिजनको सहायता चाहिने बिरामी मारमा परेको र अझै पनि कतिपय दुर्गम क्षेत्रमा विद्युत् र सञ्चार सेवा सुचारु हुन नसकेको उनले बताए । तीन तहका सरकारबिच समन्वयको अभाव देखिएको टिप्पणी गर्दै उनले स्थानीय तह र प्रदेश सरकारलाई सक्रिय बनाएर सडक सञ्जाल पुनः जोड्ने काम भइरहेको जानकारी दिए । जलवायु परिवर्तन (ग्लोबल वार्मिङ) का कारण हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको उल्लेख गर्दै सांसद आचार्यले अब बन्ने भौतिक संरचनाहरू ’डिजास्टर फ्रेन्डली’ हुनुपर्नेमा जोड दिए । यस्तै, चिलिमे, भोटेकोसी र त्रिशूली ३-ए लगायतका जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीहरू अझै पनि भौगोलिक कठिनाइका कारण सुरक्षित स्थानमा आउन नसकेको र चारवटा जलविद्युत आयोजनाका सुरुङमा क्षति पुगेको विषयमा उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराए । रिपोर्ट अनुसार अझै पनि ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता रहेको उल्लेख गर्दै खोजी र राहत कार्यलाई तीव्रता दिन उनले माग गरेका छन् ।

0 Comments