२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलमान घिसिङको आरोप : ‘सरकार जेन जेड पुस्ताको ‘स्पिरिट’अनुसार चल्न सकेन’

अ+ अ-

काठमाडौँ। गत वर्षको २३ र २४ भदौमा भएको जेन जेड युवा पुस्ताको आन्दोलनमा सहिद भएकाहरूको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । 

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको आयोजनामा पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा मंगलवार साँझ सहिदहरूको स्मृति तथा सम्मानमा दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रममा पूर्वमन्त्री समेत रहेका पार्टी अध्यक्ष घिसिङको समेत सहभागिता रहेको थियो । दीप प्रज्वलनमा सहिद परिवार्, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका हुन् । 

सो क्रममा  अध्यक्ष घिसिङले जेन जेड युवापुस्ताको भावनाअनुसार भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुपर्ने बताए । उनले स्वदेशमै रोजगारीको अवसर तथा  राज्यका निकायमा समेत जेन जेड पुस्तालाई सहभागिता गराउनुपर्ने आम युवापुस्ताको माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । 

यद्धपी वालेन्द्र शाह नेतृत्वको सरकार सो दिशामा अगाडि बढ्न नसकेको उनको आरोप छ । सरकार गठन भएको ६ महिना बितिसक्दा पनि आम नागरिकमा रहेको निराशालाई सरकारले आशामा बदल्न नसकेको उनको आरोप छ । सरकारलाई जेनजी युवा पुस्ताको भावनाअनुसार अघि बढ्नको लागि सबै पक्षबाट सरकारलाई खबरदारी गर्न आवश्यक रहेको पनि उनले बताए ।

उनले भने, ‘जेनजीहरुको माग सरकार परिवर्तन मात्र थिएन । मुलुकमा विद्यमान  भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने माग पनि थियो । युवाहरूलाई स्वदेशमै बसेर काम काम गर्ने वातावरण बनोस्, राज्यका निकायहरूमा जेनजीलाई पनि सहभागी गराओस् भन्ने युवा पुस्ताको भावनाअनुसार अहिलेको सरकार बनेको हो । दुई तिहाइको सरकारले जेनजी आन्दोलनको भावना अनुसार अघि बढेर उनीहरूका मागहरू सम्बोधन गर्नुपर्छ भन्ने हामी सबैको चाहाना हो । तर, ६ महिना बितिसक्दा समेत सरकार त्यो दिशामा अघि बढ्न सकेको छैन । सरकारले आम जनता र युवापुस्तामा  रहेको निराशा चिर्नुपर्ने चुनौती रहेको छ । दुई तिहाइको सरकारले यो निराशालाई आशामा बदल्नुपर्नेमा ठिक उल्टो भएको छ । त्यसतर्फ हामी सबैले सरकारलाई खबरदारी गर्न आवश्यक रहेको छ ।’

कार्यक्रममा बोल्दै सहिद परिवारका सदस्य तथा घाइतेहरूले सहिदका माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौँमा भएको जेन जेड पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सोही प्रहरी दमनको विरुद्धमा भोलिपल्ट २४ भदौमा देशभर आन्दोलन चर्किएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर ७६ जनाको मृत्यु भएको थियो । साथै कार्यपालिका, न्यायपालिका व्यवस्थापिकासँगै सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिएको थियो ।

0 Comments