२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालले अब अन्तर्राष्ट्रिय समुदायसँग राहत मात्र नभई जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायसहित क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् ।

रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा संकलित राहत सामग्री सार्वजनिक गर्ने कार्यक्रममा मंगलवार बोल्दै मुख्यमन्त्री यादवले जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने विकसित मुलुकका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपत्तिको मार खेप्नुपरेको बताएका हुन् ।

उनले चीन, भारत र अमेरिकाजस्ता मुलुकको ठूलो कार्बन उत्सर्जनको असर नेपालले बाढी, पहिरो, हिमताल पग्लिने लगायतका विपत्तिका रूपमा भोगिरहेको दाबी गरे । मुख्यमन्त्री यादवले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउनुपर्ने भन्दै संघीय सरकारलाई समेत त्यसका लागि पहल गर्न आग्रह गरे । 

उनकाअनुसार जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षतिको उचित क्षतिपूर्ति दिलाउन अन्तर्राष्ट्रिय समुदायसँग गम्भीर छलफल आवश्यक छ । मुख्यमन्त्री यादवले भोटेकोशी बाढी आएको दिन नै प्रदेश सरकारले राहतका लागि प्रारम्भिक निर्णय गरेको जानकारी दिए । प्रदेश सरकारका मन्त्री तथा कर्मचारीको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले बताए । उनकाअनुसार दोस्रो चरणमा करिव दुई करोड रुपैयाँ बराबरको टेन्ट तथा कम्बल बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ । तेस्रो चरणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री पठाउने योजना प्रदेश सरकारको रहेको उनले बताए। 

यसअघि मधेस प्रदेश सरकारले भोटेकोशी तथा त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि करिव एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको थियो । बाढी प्रभावित परिवारका लागि जनकपुरधाम उद्योग वाणिज्य संघले खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, कम्बल, भाँडाकुँडा लगायतका सामग्री संकलन गरेको छ । संकलित सामग्रीमा चामल, दाल, नुन, चिउरा, मुरही, चाउचाउलगायत खाद्य सामग्रीका साथै तावा, कराही, थाली, कचौरा र गिलाससमेत छन् ।

मुख्यमन्त्री यादवले विपद्को समयमा जनकपुरधामका उद्योगी, व्यवसायी तथा नागरिकले देखाएको मानवीय सहयोगको प्रशंसा गर्दै राहत सामग्री वास्तविक पीडितसम्म न्यायोचित रूपमा पुर्‍याउन आग्रह गरे। नेपालले पटक–पटक प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्नुपरेको उल्लेख गर्दै उनले विपद्को समयमा सबै क्षेत्र र समुदाय एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री यादवले अन्त्यमा देशमा शान्ति, अमनचयन र नागरिकको भविष्य सुरक्षित होस् भन्दै माता जानकीसँग प्रार्थना समेत गरे । 

संघले संकलन गरेको राहत सामग्रीमा ७५ बोरा चामल, २१ बोरा सोयाबिन, दाल, नुन, चुरा, मुरही, चाउचाउ लगायतका खाद्य तथा आवश्यक सामग्री रहेका छन् । यस्तै, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता चप्पल, कम्बल, बेडसिट, टावेल तथा बालबालिकाका कपडासमेत संकलन गरिएको छ । बाढी प्रभावित परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ७५ थान तावा, ७५ थान कराही, २०० थान थाली, २०० थान कचौरा, २०० थान गिलासलगायतका भान्सामा प्रयोग हुने सामग्री समेत रहेका छन् । राहत सामग्रीमा एक थान सिलाई मेसिनसमेत रहेको छ । विपद्को समयमा पीडित परिवारलाई केही भएपनि राहत पुर्‍याउने उद्देश्यले व्यवसायी, सहयोगी तथा विभिन्न संघसंस्थाको सहकार्यमा राहत सामग्री संकलन गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघले गठन गरेको राहत संकलन समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिए।

उनले राहत सामाग्री पीडित परिवारसम्म नपुगेसम्म अभियान जारी नै रहने बताए। राहत सामाग्री लिएर बुधवार बिहान बाढी प्रभावित क्षेत्रमा संघको टोली निस्किएको छ ।

0 Comments