२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेतीबाढी पीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

अ+ अ-

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु. सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत संकलन अभियानबाट उक्त रकम जुटाइएको हो । संकलित रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

सार्दिखोलावासीले १४ वर्षअघि सेती नदीमा आएको विनाशकारी बाढीको पीडा आफैँ भोगेका थिए । विसं २०६९ वैशाख २३ गते शनिवारको दिन थियो । सार्दिखोलाको खारपानी बजारमा चहलपहल त्यो दिन अझ बढी थियो । सार्वजनिक बिदाको दिन भएकाले वनभोज जाने समेत प्रशस्त थिए ।

अन्नपूर्ण चौथो हिमालबाट खसेको हिम पहिरोका कारण सेती नदीमा आएको अप्रत्याशित बाढीले सार्दिखोलाको खारपानी बजार क्षणभरमै बगरमा परिणत भएको थियो । उक्त बाढीमा स्थानीयवासी तथा पर्यटक गरी ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । बाढीले खारपानी बजारका घर तथा अन्य भौतिक संरचनासहित झोलुङ्गे पुल र प्रसिद्ध तातोपानी कुण्डसमेत बगाएको थियो । बाढीले क्षति पुर्‍याएको खारपानी बजार अझै पुन:स्थापित हुन सकेको छैन ।

आफूले विगतमा भोगेको विपद्को पीडा सम्झिँदै सार्दिखोलावासीले भोटेकोशी बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गरेका हुन् ।  राहत संकलन अभियानमा डाका १७ वटा टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह, विभिन्न संघसंस्था तथा स्थानीय नागरिक सहभागी भएको वडाध्यक्ष गणेश आचार्यले बताए ।

उनका अनुसार सबै नागरिकसम्म पुगेर सहयोग संकलन गर्न टोल विकास संस्थालाई परिचालन गरिएको थियो । “हामीले बाढीको पीडा आफ्नै आँखाले देखेका र भोगेका छौँ । त्यसैले भोटेकोशीसहित विभिन्न जिल्लामा विपद्मा परेका नागरिकको पीडा र दुःख यहाँका नागरिकले बुझेका छन् । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ राहत संकलन अभियान सञ्चालन गर्‍यौँ । त्यसमा सबै घरपरिवार सहभागी हुनुभयो”, वडाध्यक्ष आचार्यले भने ।

विगतमा आफ्नै समुदायले बाढीको पीडा भोगेकाले अहिले विपद्मा परेका नागरिकको सहयोगमा जुट्नु मानवीय दायित्व भएको उनले बताए । संकलित रकममा पारदर्शिता कायम गर्न वडा कार्यालयले सरोकारवालाको उपस्थितिमा रकम सार्वजनिक गरेको थियो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्य र कोषाध्यक्ष विपुल शर्मालाई हस्तान्तरण गरिएको थियो । सहकारी संस्थाले उक्त रकम कोषमा जम्मा गरिसकेको जनाएको छ ।

राहत अभियानमा सहयोग गर्ने व्यक्ति, टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह तथा विभिन्न संकसंस्थाको नाम र सहयोग रकमको विवरण वडा कार्यालयले अभिलेखमा राख्ने जनाएको छ । सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्यले सार्दिखोला र भोटेकोशीबीच भौगोलिक दूरी टाढा भए पनि विपद्को पीडा समान रहेको बताए ।

“यो सहयोग अहिलेको विपद्का लागि मात्र होइन, समुदायले विपद्का बेला कसरी एक अर्काको साथमा उभिनुपर्छ भन्ने सन्देशसमेत हो । भोलिका दिनमा देशमा जहाँसुकै विपद् पर्दा पनि समुदाय मिलेर सहयोग गर्नुपर्छ भन्ने प्रेरणा यसले नयाँ पुस्तालाई दिनेछ”, आचार्यले भने। 

0 Comments