२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएई तेस्रो पटक एसिसी प्रिमियर कपको फाइनलमा

अ+ अ-

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै युएई लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा हङकङले दिएको ७१ रनको झिनो लक्ष्य युएईले ११.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । उसका लागि तानिस सुरीले २७, अबीद उस्मानीले १६ तथा अक्ष दीप नाथले ११ रन जोडे ।

हङकङका लागि बलिङतर्फ कप्तान यासिम मोर्ताजा, एसहान खान र किञ्चित साहले एकरएक विकेट लिए । त्यसअघि मलेसियाको बाङ्गीस्थित वाइसडी–युकेएम क्रिकेट ओभलको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको हङकङ ३०.१ ओभरमा ७० रनमै अलआउट भएको थियो ।

उसका लागि जिशान अलीले २८ बलमा एक छक्का र एक चौकासहित सर्वाधिक १७ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सम्झन लायक रहन सकेन ।

हङकङलाई सस्तैमा रोक्ने क्रममा युएईका लागि हैदर अलीले १० ओभरमा १४ रन मात्र दिएर सर्वाधिक ६ विकेट लिए । युएईले अब सेमिफाइनल जित्ने टिमविरुद्ध उपाधिका लागि भिड्नेछ ।

आजै भइरहेको अर्को सेमिफाइनलमा नेपाल र ओमान प्रतिस्पर्धा गरिरहेका छन् । खेलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ ।

0 Comments