२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: मालसामान बगायो, व्यवसायी समस्यामा

अ+ अ-

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायीहरू समस्यामा परेका छन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने रसुवागढी नाका बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो । हालसम्म उक्त घटनामा परेर एक हजार ३६७ जनाको ज्यान गएको छ भने पाँच हजार १३२ जना अहिलेसम्म पनि सम्पर्कविहीन भएका छन् ।

यस्तै, बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ र विदेशी पर्यटक ५८९ जना सम्पर्कविहीन छन् ।

उक्त बाढीबाट नजिकिँदै गरेका तीज, दसैँ, तिहार र छठ पर्वका लागि आयात गरिएका अर्बौँ मूल्य बराबरका मालसामान र सयौँ कन्टेनरसमेत बगाएका छन् । नेपाली बजारमा चाडपर्वका बेला खपत हुने अधिकांश लत्ताकपडा, कच्चापदार्थ र विद्युतीय सामग्री उत्तरी नाका चीनको केरुङबाट रसुवागढी हुँदै आउने गर्छन् ।

व्यवसायीका अनुसार भदौदेखि सुरु हुने नेपालका चाडपर्वका लागि व्यवसायीले असार साउनमा चीन पुगेर सामान आयात गर्ने गरेका छन् । गत वर्षको साउनदेखि चीनसँगको अर्को प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि पछिल्लो समय व्यवसायीहरूले रसुवागढी नाका हुँदै सामान आयात गर्दै आएका थिए ।

न्युरोड ओटुमा लामो समयदेखि व्यापार गर्दै आएका राष्ट्रिय व्यापार संघका पूर्वध्यक्ष सरोज श्रेष्ठ आफूले चाडपर्वलाई लक्षित गरेर ल्याएको लाखौँ मूल्य बराबरको सामान बगाउँदा समस्या परेको बताउँछन् ।

“दसैँ, तिहारका लागि भनेर झण्डै ३५ लाख मूल्य बराबरको सामग्री आउँदै थियो भदौ १० को उक्त बाढीले सबै सामान बगायो, सामान नहुँदा दसैँ, तिहारमा व्यवसाय गर्न नसकिने भइयो”, उनी भन्छन् ।

फसिकेवमा व्यापार गर्दै आएका वीरेन्द्र श्रेष्ठको पनि सामान उक्त बाढीले बगाएको छ । तीजलाई लक्षित गरी महिलाका लागि ब्याग ल्याएका श्रेष्ठको सामान बगाउँदा रु. ४० लाख बराबरको क्षति भएको उनी बत्ताउँछन् ।

यस्तै, महिलाले लगाउने भित्री कपडालगायतका सामग्रीको होलसेल गर्दै आएका भोटेबहालका रवि खड्काको सबै सामान बाढीले बगाउँदा रु ५० लाख क्षति भएको बताउँछन् ।

न्युरोड गुच्चाटोलमा टोपीको होलसेल गर्दै आएका अर्जुन हुमागाईँको पनि रु. ५० लाख बराबरको क्षति पुर्‍याएको छ । यसैगरी, न्युरोनकै फसिकेवमा ‘बेल्ट’ र पर्सको व्यापार गर्नुभएका विष्णु न्यौपानेले पनि दसैँका लागि ल्याएको सबै सामान बाढीले बगाइदियो । उनको सबै गरेर रु ८० लाख बराबरको क्षति पुगेको छ । माथि उल्लेख घटना प्रतिनिधिमूलक मात्र हुन् । काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा होलसेल गर्दै आएका हजारौँ व्यवसायीको सामान भोटेकोशी बाढीले बगाइदिएको छ । न्युरोडको नेपा: कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, महाबौद्ध, ओटुलगायत क्षेत्रमा दसैँका लागि ल्याएका अर्बौँ मूल्य बराबरको सामान भोटेकोशी बाढीले बगाउँदा यहाँका व्यवसायीहरू समस्यामा परेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ चाडपर्वका लागि ल्याइएका सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेको बताउँछन् । “चाडपर्वका लागि भनेर केरुङ नाका हुँदै सामान ल्याएका २५० कन्टेनर सामग्री बाढीले बगाउँदा अर्बौँको क्षति पुगेको छ”, अध्यक्ष श्रेष्ठ भन्छन् ।

केरुङबाट ल्याएका २५० कन्टेनर सामानमध्ये ७६ कन्टेनर सामान भन्सार पास भएर काठमाडौँ ल्याउने तयारी गरिएको अवस्थामा बाढी आएको अध्यक्ष श्रेष्ठ बताउँछन् । यस्तै, झण्डै २५० मालवाहक सवारीसाधन सामान लिनका लागि भन्सार नाकामा जाँदै गरेका बेलामा बाढीले बगाएको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष कुमार कार्की नेपाल–चीन जोड्ने सबैभन्दा छोटो नाका केरुङ नाका भएका कारण पनि यस नाकाबाट सबैभन्दा धेरै सामान आयात हुँदै आएको बताउँछन् । “छोटो नाकाका कारण सामान आयात गर्न सजिलो हुने भएकाले धेरै मालसामान यही नाका हुँदै आउँछ, चाडपर्वका लागि नाकामा आएको अर्बौँको सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेका छन्”, उनी भन्छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार भोटेकोशी बाढीले झण्डै ६०० मालवाहक सवारीसाधनमा क्षति पुर्‍याएको छ । महासंघका महासचिव डेकनाथ गौतम भोटेकोशी बाढीले एक हजारभन्दा बढी मालवाहक र यात्रुवाहक सवारीसाधनमा क्षति पुर्‍याएको बताउनुहुन्छ । “चाडपर्वको पूर्वसन्ध्यामा सामान लिन भन्सार नाका गएका सयौँ मालवाहक सवारीमा क्षति पुगेको छ”, उनी भन्छन् ।

चीनतर्फबाट सामान धमाधम नेपाल भित्रिँदै गरे पनि वर्षायामका कारण नेपालतर्फको सडक राम्रो नहुँदा रसुवागढी नाकामा ठूलो परिमाणमा मालसामान र कन्टेनर रोकिएर बसेका थिए । भन्सारमा रहेका रेडिमेड सामानसँगै ठूलो सङ्ख्यामा आयात गरिएका महँगा विद्युतीय सवारीसाधन (इभी) समेत बाढीले बगाएको छ ।

महासङ्घका महासचिव गौतमका अनुसार भन्सारमा रहेका विद्युतीय सवारीसाधन, सामान लिन गएका मालवाहक, यात्रुवाहक र गोसाईंकुण्ड दर्शन गर्न गएकासमेत एक हजार ३०० हाराहारी सवारीसाधनमा भोटेकोशी बाढीले क्षति पुर्‍याएको छ ।

0 Comments