२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

अ+ अ-

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरेका छन् ।  

जन्मतर्फ ५५८ र मृत्युतर्फ ३४६ जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए ।

त्यस्तै मोटा चामल लिनेमा जन्मतर्फ ५०९, मृत्युतर्फ ४९ जना रहेका छन् । कार्यालयका अनुसार जिरो मसिनो चामल लिनेमा जन्मतर्फ ३११ र मृत्युतर्फ ३५ जना रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीको भनाइ छ ।

जन्म र मृत्यु हुँदा गत आवमा रु १९ लाख ७२ हजार बराबरको २७१ क्विन्टल चामल वितरण भएको छ । चामल उपलब्ध गराउँदा ज्यालामा भने चार लाख २८ हजार ५०० खर्च भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीले बताए।

उक्त अनुदानको चामल लिनेलाई यातायात खर्च दिने गरेको छ  । जसमध्ये जन्मतर्फ २२० जनालाई एक हजार, ३८० जनालाई ५०० र मृत्युतर्फ १९ जनालाई एक हजार र ३५ जनालाई ५०० यातायात खर्च प्रदान गरिएको छ ।

यसैगरी हिमा, सिंजा, तिला र कनकासुन्दरी गाउँपालिका स्थानीयले चामलसहित एक हजार यातायात खर्च पाउने गरेका छन् । तातोपानी, गुठीचौर, पातारासीका र चन्दनाथ नगरपालिका स्थानीयलाई ५०० यातायात खर्च दिने व्यवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले जनाएको छ ।

सो सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्यु दर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ ।

विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार नि:शुल्क ३० किलो चामल दिने घोषणा गरेको थियो । हाल खाद्य कम्पनीमा एक हजार ९०० क्विन्टल खाद्यान्नको चामल मौज्दात रहेको जनाएको छ ।

0 Comments