२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले जेन जेड आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्। उनले वर्तमान सरकार निर्माणमा आन्दोलनको भूमिका रहेको उल्लेख गर्दै आन्दोलनकारीलाई बेवास्ता गरिए त्यसको राजनीतिक परिणाम आउन सक्ने चेतावनीसमेत दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले भदौ २३ र २४ गतेका घटनालाई राजनीतिक परिवर्तनको महत्वपूर्ण चरणका रूपमा व्याख्या गरे। भदौ २३ गते भएको दमनपछि भदौ २४ गते आन्दोलन चर्किएको उल्लेख गर्दै उनले त्यस क्रममा पक्राउ परेकाहरूलाई लामो समयसम्म थुनामा राख्न नहुने धारणा राखे।

उनले आन्दोलनका क्रममा उठेका युवाहरू अहिले कारागारमा रहेको भन्दै उनीहरूलाई सरकारले तत्काल रिहाइको प्रक्रिया अघि बढाउनुपर्ने बताए। आन्दोलनकारीकै योगदानबाट वर्तमान सरकार शक्तिशाली बनेको उनको दाबी थियो।

सरकारले आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइबारे स्पष्ट निर्णय गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। आन्दोलनकारीलाई बिर्सिएमा उनीहरूबाटै सरकारविरुद्ध प्रतिरोध हुन सक्ने र जनविश्वास पुन:प्राप्तिका लागि सरकारलाई चुनौती आउन सक्ने उनको चेतावनी थियो।

शर्माले जेन जेड आन्दोलनलाई सामान्य राजनीतिक घटनाका रूपमा मात्र नहेरी त्यसका कारण र त्यसले उठाएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई आग्रह गरे। कारागारमा रहेका आन्दोलनकारीप्रति संवेदनशील बन्नुपर्ने र उनीहरूको रिहाइलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

उनले विगतका सत्ताकेन्द्रबाट भएका गतिविधि र आन्दोलनको पृष्ठभूमिलाई समेत स्मरण गराउँदै सरकारलाई जनआकांक्षाअनुसार काम गर्न आग्रह गरेका छन्।

आन्दोलनका क्रममा उठेका माग र त्यसबाट सिर्जित राजनीतिक परिस्थितिलाई सम्बोधन नगरे सरकारप्रतिको विश्वासमा थप प्रश्न उठ्न सक्ने उनको भनाइ थियो।

0 Comments