२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सचिवको सरुवा : अर्याल महालेखा नियन्त्रकको कार्यालयमा, काप्री निर्वाचन आयोगमा

मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका प्रमुख सचिवको सरुवा गरेको छ। दुवै प्रदेशमा आजै बढुवा भएका उत्तरकुमार खत्री र बिनोद बहादुर कुँवरलाई प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ।

अ+ अ-

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै दुवै प्रदेशको प्रशासनिक नेतृत्वमा आजै सचिवमा बढुवा भएका अधिकारीलाई पठाइएको छ।

यससँगै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा उत्तरकुमार खत्रीलाई पदस्थापन गरिएको छ। खत्रीलाई आजकै मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको हो। सचिव बढुवा सिफारिस समितिले खत्रीसहित कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम क्रमश: सिफारिस गरेकोमा पहिलो नम्बरमा रहेका खत्रीलाई सरकारले बढुवा गरेको हो। उनी यसअघि अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए।

त्यस्तै, लुम्बिनी प्रदेशको प्रमुख सचिवमा बिनोद बहादुर कुँवरलाई पदस्थापन गरिएको छ। ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट सचिव बढुवाका लागि एकल सिफारिस भएका कुँवरलाई आजकै मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको हो। उनी यसअघि राष्ट्रिय समावेशी आयोगको सचिवका रूपमा कार्यरत थिए।

यससँगै सुदूरपश्चिम प्रदेशबाट अर्याल महालेखा नियन्त्रकको कार्यालयमा सरुवा हुँदा उनको स्थानमा खत्री पुगेका छन् भने लुम्बिनी प्रदेशबाट काप्री निर्वाचन आयोगमा सरुवा हुँदा उनको स्थानमा कुँवरलाई पदस्थापन गरिएको छ।

0 Comments