२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई संशोधन विधेयक प्रतिनिधि सभामा पेश

अ+ अ-

काठमाडौँ । सरकारले नागरिक लगानी कोष र भुक्तानी तथा फर्छ्यौटसम्बन्धी कानुन संशोधनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधि सभामा पेश गरेको छ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन्।

विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नागरिकलाई बचततर्फ प्रोत्साहित गर्दै उपलब्ध पुँजीलाई लगानीमा परिचालन गर्ने उद्देश्यले नागरिक लगानी कोषसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको जानकारी दिए।

उनका अनुसार नागरिक लगानी कोषमार्फत अवकाश कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै पुँजी बजारलाई थप गतिशील बनाउन आवश्यक कानुनी आधार तयार गर्ने उद्देश्य विधेयकमा समेटिएको छ।

प्रस्तावित संशोधनमार्फत नागरिक लगानी कोष ऐन, २०४७ मा प्रयोग भएका केही शब्द तथा परिभाषालाई थप स्पष्ट बनाउने व्यवस्था गर्न खोजिएको छ। त्यस्तै, कोषको एकीकृत पुँजी, चुक्ता पुँजी तथा शेयर लगानीको सीमा वृद्धि गर्ने विषयसमेत विधेयकमा समेटिएको अर्थमन्त्री वाग्लेले बताए।

कोषको पुँजीमा आवश्यकताअनुसार थपघट गर्न सकिने व्यवस्था तथा सञ्चालक समितिको अधिकार, काम र कर्तव्यलाई थप स्पष्ट पार्ने उद्देश्यले पनि ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ।

त्यसैगरी, भुक्तानी तथा फर्छ्यौटसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ पनि प्रतिनिधिसभामा पेश गरिएको छ।

0 Comments