२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवाहेत्तर सम्बन्धमा रहेका सरकारी कर्मचारीसँग रकम माग्दै धम्क्याएको आरोपमा महिला पुर्पक्षका लागि जेल चलान

अ+ अ-

काठमाडौँ । एक सरकारी कर्मचारीलाई सामाजिक सञ्जालमार्फत चिनजानपछि निकट सम्बन्ध बनाएर रकम माग्दै धम्की दिएको आरोपमा पक्राउ परेकी ३२ वर्षीया कुसुम गुभाजु पुर्पक्षका लागि कारागार चलान भएकी छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले बुधबार गुभाजुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई प्रहरीले कारागार चलान गरेको छ।

रामेछाप घर भएकी गुभाजुमाथि सरकारी कर्मचारीलाई व्यक्तिगत सम्बन्धका विषय सार्वजनिक गरिदिने भन्दै रकम मागेको र धम्की दिएको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार रकम माग्ने र नदिए फसाइदिने धम्की आएपछि ती कर्मचारी प्रहरीको सम्पर्कमा पुगेका थिए।

पीडित कर्मचारीको जाहेरीका आधारमा प्रहरीले गुभाजुलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरेको थियो। जाहेरीमा उल्लेख भएअनुसार सामाजिक सञ्जालबाट परिचय भएका उनीहरूबीच पछि निकट सम्बन्ध कायम भएको थियो।

सम्बन्धपछि गुभाजुले रकम माग्न थालेको र त्यसक्रममा विवाद उत्पन्न भएको जाहेरीमा उल्लेख छ। कर्मचारीले आफूलाई ५० लाख रुपैयाँ मागिएको तथा रकम नदिए सम्बन्धित विषय सार्वजनिक गरिदिने धम्की दिइएको दाबी गरेका छन्।

जाहेरीअनुसार धम्कीका कारण आफूले २७ लाख रुपैयाँसमेत दिएको तर त्यसपछि पनि रकम माग्ने क्रम नरोकिएको कर्मचारीको दाबी छ।

प्रहरीले घटनालाई आपराधिक लाभसम्बन्धी कसुरका रूपमा अनुसन्धान गरी अदालतमा मुद्दा अघि बढाएको हो। अदालतको आदेशसँगै गुभाजु मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि कारागारमा रहने भएकी छन्।

0 Comments