२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य नसिहतकै आधारमा बैंकिङ क्षेत्रमा अयोग्य हुने व्यवस्था सच्याउन निर्देशन

राष्ट्र बैंकबाट सचेत वा नसिहत पाएकै आधारमा बैंकका सञ्चालक, पदाधिकारी र कर्मचारी अयोग्य हुने व्यवस्थाले समग्र बैंकिङ प्रणालीमा असर पार्न सक्ने भन्दै संशोधन गर्न निर्देशन दिइएको छ।

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सामान्य प्रकृतिको बैंकिङ सजायका आधारमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी र कर्मचारी अयोग्य हुने कानुनी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ।

शुक्रबार बसेको समितिको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को दफा १८ संशोधन गरी उत्पन्न समस्या समाधान गर्न तत्काल प्रक्रिया अघि बढाउन नेपाल सरकार, अर्थमन्त्री र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले सामान्य प्रकृतिको सचेत वा नसिहतसम्बन्धी कारबाहीकै आधारमा सम्बन्धित व्यक्ति अयोग्य हुने व्यवस्थाले समग्र बैंकिङ प्रणालीमा असर पार्न सक्ने भएकाले संशोधन आवश्यक देखिएको बताए।

सामान्य सजायबाटै अयोग्य हुने व्यवस्थामा प्रश्न
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) अन्तर्गत बैंक तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी र कर्मचारीलाई सचेत गराउने वा नसिहत दिने सजायको व्यवस्था छ।

उक्त सजाय सामान्य प्रकृतिको भए पनि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको विद्यमान व्यवस्थाका कारण सम्बन्धित व्यक्ति अयोग्य हुने अवस्था देखिएको समितिले जनाएको छ।

सामान्य त्रुटिमा सचेत वा नसिहत पाएका व्यक्तिसमेत बैंकिङ क्षेत्रमा जिम्मेवारी लिन अयोग्य हुने अवस्थाले दक्ष जनशक्तिको व्यवस्थापन र वित्तीय संस्थाको सञ्चालनमा असर पार्न सक्ने समितिको निष्कर्ष छ।

बैंकर्स संघको लिखित निवेदन
नेपाल बैंकर्स संघले पनि उक्त व्यवस्थाबाट बैंक तथा वित्तीय संस्थाको समग्र प्रणाली प्रभावित हुन सक्ने उल्लेख गर्दै संशोधनका लागि समितिमा लिखित निवेदन दिएको थियो।

सङ्घले सामान्य प्रकृतिको सजायलाई गम्भीर कसुरसरह मानेर अयोग्यताको आधार बनाउन नहुने धारणा राखेको समितिका सभापति बुढाथोकीले जानकारी दिए।

समितिका विभिन्न बैठकमा भएको छलफल र बैंकर्स संघबाट प्राप्त निवेदनका आधारमा ऐन संशोधनका लागि सरकारलाई निर्देशन दिने निर्णय भएको हो।

तत्काल संशोधन प्रक्रिया अघि बढाउन निर्देशन
सभापति बुढाथोकीले भने, ‘सचेत गराउने वा नसिहत दिने सजाय सामान्य प्रकृतिको देखिएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १८ संशोधन गरी उत्पन्न समस्या समाधान गर्न तत्काल आवश्यक प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिने निर्णय भएको छ।’

समितिले निर्देशन दिए पनि कानुनी व्यवस्था तत्काल परिवर्तन भइसकेको भने होइन। अर्थ मन्त्रालयले संशोधन प्रक्रिया अघि बढाएर संसद्बाट पारित भएपछि मात्रै नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ।

राष्ट्र बैंक ऐन संशोधनमाथिको दफावार छलफल सकियो
समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथिको दफावार छलफल पनि पूरा गरेको छ।

विभिन्न बैठकमा भएका छलफलका आधारमा विधेयकसम्बन्धी प्रतिवेदन तयार गरी आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिइएको सभापति बुढाथोकीले बताए।

सचिवालयले तयार गर्ने प्रतिवेदनमाथि छलफल गरेपछि समितिले विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउनेछ।

0 Comments