२७ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा असन चोकमा दीप प्रज्वलन

अ+ अ-

काठमाडौँ । रसुवा बाढीबाट दिवंगत भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रवादी नागरिक समाजले शनिबार काठमाडौँको असन चोकमा दीप प्रज्वलन गरेको हो । समाजका अध्यक्ष चन्द्रबहादुर राम दामले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे । उनले विपद्को समयमा सरकारको मात्रै भर नपरी स्वदेश तथा विदेशमा रहेका सबै नेपालीले उद्धार, राहत र पुन:स्थापनामा सहयोग गर्नुपर्ने बताए । विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोप नगरी मानवीय सहयोगलाई प्राथमिकता दिन उनले आग्रह गरे ।

बाढीबाट घरबारविहीन भएकाहरूको तत्काल पुन:स्थापना गर्नुपर्ने र घाइतेहरूको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार, राजनीतिक दल, अभियन्ता र आम नागरिक एकजुट हुनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘यो समयमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्छ, उद्धार गर्ने, सहयोग गर्ने काममा हामी सबैले मिलेर गर्नुपर्छ । सरकारको मात्रै मुख ताक्नु भएन । हामी एक अर्कालाई मलम लगाउने, पीडामा साथ दिने र उद्धारमा साथ दिने हामी सबै नेपालीले आफ्नो कर्तव्य ठानेर अगाडि बढ्नुपर्छ । सुरक्षा निकायहरूले एकदम राम्रो काम गरेका छन् । सुरक्षा निकायदेखि सरकार, पार्टीका विभिन्न पार्टीहरू आम नागरिकहरू आम नेपाली जनताले एक अर्कालाई दुःख परेको बेला साथ दिनु हामी नेपालीको सबभन्दा ठूलो धर्म हो । दुःखको बेलामा सबले पीडामा मलम लगाउनुपर्छ ।’

समाजकी उपाध्यक्ष लक्ष्मी ओलीले विपद् व्यवस्थापन सरकारको मात्र दायित्व नभएको बताउँदै उद्धार र राहतमा नागरिक स्तरबाट समेत सक्रिय सहभागिता आवश्यक रहेको बताइन् । उनले उद्धार कार्यमा विज्ञ जनशक्तिको थप परिचालन गर्न पनि आग्रह गरिन्। बाढी प्रभावित परिवारका बालबालिकाको शिक्षा, खानपान र स्वास्थ्यको जिम्मेवारी राज्य तथा सहयोगी निकायले लिनुपर्ने उनको भनाई छ । विपद्को समयमा सामाजिक सञ्जालमार्फत गालीगलौज र साइबर बुलिङ नगर्न आग्रह गर्दै उनले सबै राजनीतिक दल, युवा, स्वयंसेवक र आम नागरिकलाई उद्धार तथा राहत अभियानमा एकताबद्ध हुन अपिल गरिन् ।

कार्यक्रममा बाढीबाट दिवंगत भएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा प्रभावित परिवारको पुन:स्थापनाका लागि प्रार्थना गरिएको थियो । गत भदौ १० गते भोटेकोशी बाढी गएको थियो । जस कारण हजारौँ नागरिक बेपत्ता छन् भने १ हजार ५ सय बढीको निधन भइसकेको छ । 

0 Comments