काठमाडौँ । घरमा लुकाइछिपाई राखेको तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका ४ का ४२ वर्षीय कुलबहादुर जिमी रहेका छन् ।
जिमीले विना इजाजत पत्रको भरुवा बन्दुक प्रयोग गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
जिमीको घरमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुकको नाल ३ थान बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






