२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ग्लोबल साउथको ब्रिक्सप्रति विश्वास बढेको छ’ : मोदी

अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका राष्ट्रहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताएका छन्।

भारतको नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनअन्तर्गत नेताहरूको आउटरिच सत्रलाई सम्बोधन गर्दै मोदीले ब्रिक्सभित्र विकासशील राष्ट्रका आवाज र अनुभवले स्थान पाएकाले संगठनप्रतिको विश्वास विस्तार भएको बताएका हुन्। सम्मेलन भारतको अध्यक्षतामा सेप्टेम्बर १२ र १३ मा आयोजना भएको हो।

‘म आफ्नै अनुभवका आधारमा भन्न सक्छु कि ग्लोबल साउथका राष्ट्रहरूको ब्रिक्सप्रतिको विश्वास बढेको छ,’ मोदीले भनेका छन्, ‘किनकि यहाँ उनीहरूको आवाज सुनिन्छ, उनीहरूका अनुभवलाई सम्मान गरिन्छ र उनीहरूका लागि मात्र नभई उनीहरूसँग मिलेर समाधान तयार गरिन्छ।’

ब्रिक्सको शक्ति सदस्य राष्ट्रबीचको विविधता र सहकार्यमा निहित रहेको उल्लेख गर्दै उनले फरक–फरक अवस्था र विकास यात्राका बाबजुद साझा हितका विषयमा सँगै अघि बढ्न सकिने बताएका छन्।

‘हामी फरक–फरक वास्तविकतामा आधारित हुन सक्छौँ, तर सहकार्यका माध्यमबाट सँगै अघि बढ्छौँ र सम्पूर्ण मानवताको हितका लागि समृद्ध हुन्छौँ,’ उनले भनेका छन्।

ब्रिक्सको विविधता संगठनको पहिचानका रूपमा कायम रहनुपर्नेमा जोड दिँदै मोदीले सदस्य राष्ट्रबीचको सहकार्य प्रेरणाको स्रोत बन्नुपर्ने र त्यसबाट प्राप्त प्रगतिले समग्र मानवतालाई लाभ पुर्‍याउनुपर्ने बताएका छन्।

मोदीले नवीन तथा विस्तार गर्न सकिने समाधान प्रवर्द्धन गर्न ‘ब्रिक्स स्टार्टअप इनोभेसन फन्ड’ स्थापना गर्ने प्रस्ताव अघि सारिएको बताएका छन्।

ब्रिक्स सहकार्यलाई सरकारहरूबीच मात्र सीमित नराखी उद्यमी, किसान, अनुसन्धानकर्ता, महिला, युवा तथा आमनागरिकलाई समेत सक्रिय रूपमा सहभागी गराउने भारतको प्रयास रहेको उनको भनाइ छ।

ब्रिक्स इन्क्युबेटर नेटवर्कमार्फत स्टार्टअप र इन्क्युबेटरलाई आपसमा जोड्ने योजना पनि अघि सारिएको छ।

कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन ब्रिक्स डिजिटल एग्रिकल्चर नेटवर्कमार्फत कृत्रिम बौद्धिकता ९एआई०, जियोस्पेसियल प्रविधि र डिजिटल सार्वजनिक पूर्वाधार प्रयोग गरिने मोदीले बताएका छन्।

उक्त सञ्जालले किसानका आवश्यकता पहिचान गरी प्रविधिमा आधारित समाधान विस्तार गर्न तथा सदस्य राष्ट्रबीच ज्ञान, अनुभव र प्रविधि आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

मोदीले प्रविधि र महत्त्वपूर्ण खनिजलाई रणनीतिक हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्तिले साझा प्रगतिमा अवरोध पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

प्रविधिको विकास, प्रयोग र पहुँचमा समावेशी नीति आवश्यक रहेको उल्लेख गर्दै उनले नयाँ प्रविधिको लाभ सीमित देश वा समूहमा मात्र केन्द्रित हुन नहुने बताएका छन्।

भारतले यस वर्षको ब्रिक्स सहकार्यलाई उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपनाका चार आधारस्तम्भमा केन्द्रित गरेको छ। सम्मेलनमा आपूर्ति शृङ्खलाको उत्थानशीलता, ऊर्जा भण्डारण, सहरी गतिशीलता तथा संक्रामक रोगसम्बन्धी पूर्वसूचना प्रणालीलगायत पहलसमेत अघि सारिएका छन्।

0 Comments