२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव संघर्ष’ : प्राविधिक साह

अ+ अ-

सप्तरी ।  प्राविधिक सञ्जय साहको गाउँमा खुसियाली आएको छ । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कमा आएका साह गाउँ पुगेपछि स्थानीय खुसी भएका हुन् । त्रिशूली– ३ ‘ए’ आयोजनाको सुरुङबाट १०औँ दिनमा उद्धार गरिएका सप्तरी तिलाठी कोइलाडीका ३० वर्षीय सञ्जय साह आठ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ गाउँ पुगेका थिए ।

बाढीमा परेर नौ दिनसम्म सम्पर्कविहीन रहेको साहलाई १०औँ दिन त्रिशूली ३‘ए’ सुरुङबाट नेपाली सेनाले उद्धार गरेको थियो । एक हप्तासम्म अस्पतालमा उपचार गराएर आइतबार सप्तरी तिलाठी कोइलाडी गाउँपालिकास्थित घर फर्किएपछि साहलाई परिवारसहित गाउँलेले स्वागत गरेका छन् । 

साहलाई परिवारका सदस्य र आफन्तले केक काटेर र मिठाई बाँडेर स्वागत गर्दै खुसी साटासाट गरेका हुन् ।

बाढीको कारण सम्पर्कविहीन भएका दिन बित्दै थियो । छोराको भेटिने आश मर्दै गएको बेला छोराको उद्धार भएको सामाजिक सञ्जालमा देखेपछि भगवान्को चमत्कार भएको महसुस भएको सञ्जयका बुबा रामफल साहले बताए ।

सञ्जयकी पत्नी लक्ष्मी साह भन्छिन्, “मेरो श्रीमान् भेटिनु हुन्छ भन्ने आश मारिसकेको बेला मेरो सिन्दूर, छोरीको बाबालाई भगवान्ले दोस्रो जन्म दिएर पठाउनु भएकामा भगवान्, सुरक्षाकर्मी तथा सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । 

साहले  भने, “बाढी आउने जानकारी आउनासाथ हामी सावधान भयौँ तर हामीसँग समय कम थियो । बाढी आउनै लागेको जानकारी पाएका थियौँ । साथीहरूलाई निस्किन भन्दाभन्दै र आफूबाहिर निस्किने प्रयास गर्दागर्दै पानीले दिएन । एकै ठूलो छालले छोप्यो साथीहरू कहाँ कहाँ कसरी पुग्नुभयो रु थाहा भएन ।”

म फसेको अँध्यारो डरलाग्दो सुरुङभित्र दिन हो कि रात पत्तै हुँदैनथ्यो । दुई तीन दिन भेन्टिलेसनमा बसेर बिताए ।

एक गेडा खानेकुरा थिएन । माटो मोबिल मिसिएको धमिलो पानी कपडामा छानेर सुकिरहेको घाँटी रसाउनुको विकल्प थिएन तर नडराई महामन्त्र जप गरे । अनि हिम्मत बढ्यो । पुनर्जीवन पाएकामा खुसी लागे पनि साथीहरू अहिलेसम्म सम्पर्कमा नआएपछि दुःख लागेको छ ।” 

साहले सुरुङमा बिताएको १० दिन मानवले गर्न नसक्ने संघर्ष थियो । प्रत्येक क्षण बाँच्नका लागि संघर्ष भए पनि परिणाम भने मृत्यु देखिन्थ्यो । चारैतिर अँध्यारै अँध्यारो भएपछि रात र दिन छुट्याउन कठिन थियो । बाढीले सुरुङको स्वरूप नै परिवर्तन भएपछि बाटो पहिचान गर्ने अवस्था नभएपछि मरेतुल्य भएको महसुस हुन्थ्यो ।

उनले भने, “उद्धारकर्मीले चलाएको मेसिनको आवाज सुनेपछि बाँच्ने आशा जागेको बताए । उनले सुरुङभित्र हरेक सेकेन्ड बाँच्नका लागि गरिएको असम्भव संघर्ष थियो ।”

0 Comments