२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

अ+ अ-

काठमाडौँ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ ।

बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ । उपलब्ध विवरणअनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ एक हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । जसमा पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ ।

त्यस्तै, तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारीमा क्षति पुगेको छ । भौगोलिक रूपमा हेर्दा नुवाकोटको बिदुर, लिखु तथा बेलकोटगढी, धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी, गोरखाका गण्डकी र शहीद लखनलगायत स्थानीय तह प्रभावित भएका छन् ।

नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ । लिखुमा २३० हेक्टर प्रभावित हुँदा ८०५ टन धान र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ ।

धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ । रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख छ ।

तरकारीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । विदुरमा ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित एक हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ । धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ ।

पशुधनतर्फ एक अर्ब ११ करोडको क्षति
बाढीबाट पशुपन्छी क्षेत्रमा पनि उल्लेख्य क्षति पुगेको छ । उपलब्ध विवरणअनुसार कुल दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन् । पशुपन्छीको क्षतिको अनुमानित मूल्य रु १११ करोड ३९ लाख रहेको छ ।

सबैभन्दा धेरै सङ्ख्या कुखुराको रहेको छ । बाढीबाट करिब दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन् । सङ्ख्या हिसाबले यो कुल पशुपन्छीको ८५.१ प्रतिशत हो तर कुखुराको मूल्य हिस्सा भने कुल क्षतिको ४.८ प्रतिशत मात्रै छ ।

बाढीका कारण चार हजार ५७२ भैंसी प्रभावित हुँदा रु ४५ करोड ७२ लाख पुगेको अनुमान छ । यो कुल पशुधन क्षतिको ४१ प्रतिशत हो । त्यस्तै, बाख्रा/च्याङ्ग्रामा रु ३९ करोड १३ लाख अर्थात् कुल क्षतिको ३५.१ प्रतिशत र गाईगोरुमा रु १७ करोड ९२ लाख अर्थात् १६.१ प्रतिशत क्षति भएको छ । अन्य पशुमा रु एक करोड ४ लाख, बङ्गुर/बँदेलमा रु एक करोड ९६ लाख, भेडामा रु २५ लाख, कुखुरामा रु पाँच करोड ३७ लाख र अन्य चरामा करिब रु एक लाख बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।

कुल पशुधन क्षतिमध्ये भैँसी, बाख्रा/च्याङ्ग्रा र गाईगोरु मात्रैबाट ९२.३ प्रतिशत क्षति भएको देखिन्छ । यसले बाढीबाट कृषकको आम्दानी र ग्रामीण अर्थतन्त्रमा पशुपालनतर्फको प्रभाव पनि गम्भीर रहेको देखाउँछ ।

0 Comments