२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक प्रदर्शनमा नेपाली संग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन

अ+ अ-

काठमाडौँ । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा संग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ । संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा व्यवस्था रहे पनि संस्थागत सुरक्षा नीति, नियमित सुरक्षा अडिट, प्रशिक्षित जनशक्ति, आपत्कालीन तयारी र राजनीतिक अशान्तिका समयमा संग्रहालय तथा सम्पदाको संरक्षण गर्ने स्पष्ट कार्यप्रणालीको अभाव रहेको अध्ययनले औँल्याएको  हो । 

अन्तरराष्ट्रिय संग्रहालय परिषद् ९आइकम० नेपालले गरेको ‘राजनीतिक द्वन्द्वको समयमा संग्रहालय उत्थानशीलता र सांस्कृतिक सम्पदाको सुरक्षा’ विषयक शीर्षकको उक्त अध्ययनले राजनीतिक प्रदर्शनीका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, चोरी तथा लुटपाट, तोडफोड, आगजनी तथा धुवाँबाट हुने क्षति, भीड तथा नागरिक अशान्ति, सांस्कृतिक वस्तुको अवैध ओसारपसार, कर्मचारी तथा आगन्तुकको सुरक्षा, विद्युत् तथा आपत्कालीन सेवामा अवरोध र संग्रहालयका वस्तुको सुरक्षाको जोखिम सामना गर्नुपर्ने परेको देखाएको छ । 

अध्ययनअनुसार धेरै सङ्ग्रहालयमा सुरक्षा गार्ड, सिसिटिभी, परिसरको पर्खाल, ताल्चा तथा ग्यालरी सुरक्षा जस्ता आधारभूत भौतिक सुरक्षा उपाय उपलब्ध भएता पनि औपचारिक संस्थागत सुरक्षा नीति र प्रणालीगत सुरक्षा, सङ्ग्रहालय विशेष सुरक्षा तालिमको सीमितता तथा राजनीतिक अशान्तिका लागि पूर्वतयारीको अभाव मुख्य कमजोरीका रूपमा देखिएका छन् ।

 मानिस र वस्तुलाई दैनिक जोखिमबाट जोगाउने, जानाजानी हुने जोखिम रोक्ने, सङ्ग्रह, सम्पदा मूल्य र संस्थागत दायित्वको समग्र संरक्षण गर्ने र संकटपछि पुन:स्थापित भएर निरन्तर सेवा दिन सक्ने क्षमतालाई एकीकृत रूपमा विकास गर्नुपर्ने अध्ययनको सुझाव छ । 

अध्ययनले २०२५ को ‘जेन जेड’ आन्दोलनमा सिंहदरबारलगायत ऐतिहासिक तथा पुरातात्त्विक भवनमा क्षति पुग्नाका साथै कतिपय प्राचीन वस्तु तथा अभिलेखमा पनि क्षति पुगेको र केही सङ्ग्रहालय सञ्चालन तथा सञ्चालन संकटमा परेको जस्ता घटना अध्ययनका तथ्यहरू पनि उजागर गरेको छ । 

कार्यक्रममा पुरातत्त्व विभागमा महानिर्देशक डा सुरेश सुरस श्रेष्ठले राजनीतिक आन्दोलनको प्रभाव सङ्ग्रहालयका भवन वा वस्तुको भौतिक क्षतिमा मात्र सीमित नहुने भन्दै सङ्ग्रहालय बन्द गर्नुपर्ने अवस्था, सञ्चालन खर्च वृद्धि, आगन्तुक तथा आम्दानीमा कमी, चोरी–लुटपाट र अवैध कारोबारको जोखिम, कर्मचारीमा असुरक्षा तथा मनोवैज्ञानिक तनाव, संरक्षण कार्य र संस्थागत निर्णय प्रक्रियामा अवरोधजस्ता समस्या पनि उत्पन्न हुने अनुभव सुनाउँदै यो अध्ययनले सङ्ग्रहालय सुरक्षाको सवालमा नेपालमै पहिलो पटक यी आयामहरूलाई व्यवस्थित ढङ्गले बाहिर ल्याएको बताए। 

प्रा। डा। सोमप्रसाद खतिवडा, भीम नेपाल, डा हरि थापाले अध्ययनलाई अझ विशिष्ट र विस्तृत बनाउन सङ्ग्रहालय सुरक्षासँग सम्बन्धित अन्तरराष्ट्रिय मापदण्ड, नेपालका विशिष्ट घनाक्रमहरुलाई जोडेर विश्लेषण गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागिता नेपाल प्रहरी तथा सैनिक सङ्ग्रहालय तथा अन्य सङ्ग्रहालयका प्रतिनिधिहरूले अध्ययनले संकटका समयमा स्थानीय समुदायलाई संग्रहालय संरक्षणको महत्त्वपूर्ण साझेदारका रूपमा प्रस्तुत गरेको पक्षलाई नेपालको सङ्ग्रहालयल सुरक्षा विशिष्ट पाटो रहेको र उक्त कुरा अध्ययनमा आउनुले यो अध्ययनले वास्तविक चित्र उजागर गरेको बताएका थिए । 

अध्ययनले समुदायले सङ्ग्रहालयलाई साझा सांस्कृतिक तथा नागरिक सम्पत्तिका रूपमा स्वीकार गर्ने, स्थानीय स्वयंसेवी पहल गर्ने तथा संकटका समयमा शान्तिपूर्ण र गैर–टकरावपूर्ण व्यवहारमार्फत सहयोग गर्ने सम्भावना देखिएको छ । 

स्थानीय संस्कृति, पर्व, परम्परा र कथासँग जोडिएको सङ्ग्रहालयले समुदायसँग विश्वास निर्माण गर्न सक्ने अध्ययनले उल्लेख गरेको छ तर समुदायको योगदानलाई अनौपचारिक पहलमा मात्र निर्भर नराखी स्थानीय समुदाय, विद्यालय, युवा समूह, सम्पदा अभियन्ता, सांस्कृतिक तथा धार्मिक संस्था र स्थानीय सरकारलाई समेटेर औपचारिक सञ्जाल निर्माण गर्नुपर्ने अध्ययनको सुझाव छ ।

अध्ययनले आगामी दिनमा संग्रहालय सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भौतिक सुरक्षा, सङ्ग्रह संरक्षण, आपत्कालीन तयारी, अभिलेखीकरण, बीमा तथा संकटपछिको पुन:स्थापनाका न्यूनतम मापदण्ड निर्धारण गर्नुपर्ने सिफारिस गरिएको छ ।

त्यस्तै, प्रत्येक सङ्ग्रहालयले राजनीतिक अशान्ति, आगलागी, भूकम्प, चोरी, तोडफोड, बाढी तथा भीडजन्य जोखिमलाई समेट्ने नियमित जोखिम मूल्यांकन र सुरक्षा अडिट गर्नुपर्ने तथा सङ्ग्रहालय कर्मचारी, सुरक्षा निकाय, स्थानीय सरकार, सम्पदा विज्ञ, स्वयंसेवक र समुदायका लागि नियमित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ ।

 यी जोखिमहरू ठूला सङ्ग्रहालय र साना सङ्ग्रहालयहरुका लागि फरक फरक विशिष्टता भएकाले सोही अनुसारको सुरक्षा व्यवस्था अपनाउन काम गर्न आवश्यक रहेको औँल्याएको छ । 

अध्ययनको प्रारम्भिक नतिजा पुरातत्त्व विभाग र आइकम नेपालले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गर्दै अनुसन्धानकर्ता तथा  आइकम नेपालका सचिव ओमप्रकाश घिमिरेले तुलनात्मक रूपमा ठूला सङ्ग्रहालयमा सुरक्षा प्रणाली सन्तोषजनक रहे पनि साना सङ्ग्रहालयमा भने न्यूनतम सुरक्षा प्रणाली पनि नरहेकाले सुरक्षा जोखिम उच्च रहेको बताए। 

अध्ययनको निष्कर्षमा सङ्ग्रहालयलाई जोखिमसम्बन्धी ज्ञान, तयार जनशक्ति, संस्थागत समन्वय, समुदायको सहभागिता, नीति, पर्याप्त स्रोत, प्रविधि, अभिलेखीकरण र निरन्तर सिकाइलाई एकीकृत गरे मात्र संकटका समयमा सङ्ग्रहालय, संग्रह, सांस्कृतिक स्मृति र सेवा निरन्तरता सुरक्षित गर्न सकिने अध्ययनले स्पष्ट गरेको छ ।

0 Comments