२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले पुनर्गठन कार्यदलको बल्थली बैठक निष्कर्षविहीन, अन्तिम मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन 

बल्थली बैठकले एमाले पुनर्गठनसम्बन्धी दुई मस्यौदा र सदस्यका सुझावलाई एकीकृत गर्न रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्दै अर्को बैठक असोज १ गते बोलाएको छ।

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको पुनर्गठनसम्बन्धी कार्यदलको काभ्रेको बल्थलीमा बसेको बैठक ठोस निष्कर्षमा पुग्न नसकेपछि असोज १ गतेसम्मका लागि स्थगित भएको छ।

बैठकमा प्रस्तुत गरिएका दुईवटा मस्यौदा प्रतिवेदनमा उठाइएका विषय र कार्यदलका सदस्यहरूले दिएका सुझाव समेटेर अन्तिम प्रस्ताव तयार गर्न तीन सदस्यीय मस्यौदा सम्पादन समिति गठन गरिएको छ।

पार्टी सचिव राजन भट्टराईका अनुसार समितिको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा तथा सदस्यमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल रहेका छन्। पोखरेलले समितिको सदस्य सचिवको जिम्मेवारीसमेत सम्हाल्नेछन्।

कार्यदलका अर्का सचिव महेश बस्नेतले बैठकमा प्रस्तुत दुवै मस्यौदा प्रस्ताव र छलफलका क्रममा आएका सुझाव समेटेर अन्तिम रूप दिने जिम्मेवारी तीन नेतालाई दिइएको बताएका छन्।

समितिले तयार गर्ने अन्तिम मस्यौदामाथि असोज १ गते बस्ने कार्यदलको बैठकमा थप छलफल हुने बताइएको छ।

0 Comments