२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा सचेतक धितालको अभिवक्तिप्रति जेन जेड शहीद परिवारको आपत्ति, पार्टीसँग मागे जवाफ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेन जेड शहीद प्रथम स्मृति दिवसको कार्यक्रमबारे दिएको अभिव्यक्तिप्रति शहीद परिवार तथा घाइतेहरूले आपत्ति जनाएका छन्।

जेन जेड शहीद परिवार कल्याणकारी समाज र घाइते जेन जेड नेपालले सोमबार सिंहदरबारको दक्षिण गेटबाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै धितालको अभिव्यक्तिले शहीद परिवार र घाइतेको भावनामा चोट पुगेको बताएका हुन्।

‘बलिदानलाई हल्का रूपमा लिइयो’
जेन जेड शहीद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले शहीद परिवारलाई सहयोग र साथ नदिने तर उनीहरूको त्यागमाथि अपमानजनक टिप्पणी गर्ने अधिकार कसैलाई नभएको बताए।

सचेतक धितालले शहीद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर सार्वजनिक रूपमा तल्लोस्तरको अभिव्यक्ति दिएको उनीहरूको आरोप छ।

स्मृति दिवसलाई ‘कन्सर्ट’सँग जोडेकोमा असन्तुष्टि
जेन जेड शहीद प्रथम स्मृति दिवसको कार्यक्रमलाई ‘कन्सर्ट’का रूपमा मनोरञ्जनसँग जोडेर टिप्पणी गरिनु आपत्तिजनक भएको उनीहरूले बताएका छन्। राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले पीडित परिवारको संवेदनामा चोट पुगेको उनीहरूको भनाइ छ।

रास्वपाको संस्थागत धारणा माग
शहीद परिवार र घाइतेहरूले सचेतक धितालको अभिव्यक्तिबारे रास्वपाले गम्भीर समीक्षा गरी आफ्नो संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले शहीद परिवार तथा घाइते समुदायको भावनामा चोट पुर्‍याउने अभिव्यक्तिमाथि आवश्यक कदम चाल्न पनि पार्टीको ध्यानाकर्षण गराएका छन्।

शहीद र घाइतेहरूको योगदानलाई दलीय राजनीतिक स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सम्मानको विषय बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

0 Comments