सुर्खेत । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नवौँ, आठौँ र सातौँ तहका रिक्त पदहरूको माग प्राप्त नभएपछि विज्ञापन प्रकाशन नगरेको जनाएको छ।
आयोगले आर्थिक वर्ष २०८३/०८४ को पदपूर्तिसम्बन्धी स्वीकृत वार्षिक कार्यतालिकाअनुसार प्रदेश निजामती सेवाका नवौँ, आठौँ र सातौँ तहका पदमा २०८३ भदौ महिनाको अन्तिम मंगलबार विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको थियो।
तर, उल्लिखित तहका रिक्त पदहरूको माग प्राप्त नभएकाले विज्ञापन प्रकाशन गर्न नसकिएको आयोगले जनाएको छ।
आयोगले २०८३ भदौ २५ गतेको निर्णयअनुसार विज्ञापन प्रकाशन नभएको जानकारी गराउँदै सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गरेको हो।







