काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलसहित तीन जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।
भाद्र ३० गते बसेको न्याय परिषद्को बैठकले पोखरेलसहित जिल्ला न्यायाधीश हिमालय बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।
परिषद्को सिफारिस अनुसार सर्वोच्च अदालतका रजिस्ट्रार पोखरेललाई उच्च अदालत सुर्खेत, कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश बेल्बासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सिंहलाई उच्च अदालत विराटनगरमा न्यायाधीशका लागि सिफारिस गरिएको छ।






