३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धिबारे संसद्लाई जानकारी गराउन नेकपाको माग

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धिबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले जलविद्युत आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भयो ? र कति वटामा अझै जारी छ भन्नेबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताए । उनले २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-ए जलविद्युत आयोजनामा बेपत्ताको खोजी कार्यको पछिल्लो अवस्थाबारे समेत सरकारसँग जवाफ माग गरे । सांसद मल्लले मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डिएनए परीक्षण तत्काल सम्पन्न गरी त्यसको औपचारिक जानकारी पीडित परिवार र आम नागरिकलाई दिन सरकारसँग माग गरे । उनले बाढीपीडित परिवार आफन्तको अन्तिम संस्कार गर्न डिएनए रिपोर्टको पर्खाइमा रहेको उल्लेख गरे । उनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीका लागि प्रहरी संगठनले राहत घोषणा गरेजस्तै मृतकका परिवारलाई राहत र उद्धारका लागि सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि गरे ।

उनले भने, ‘जलविद्युत आयोजनाका सुरुङहरूमध्ये कति वटामा खोज र उद्धार कार्य सम्पन्न भयो ? कति वटामा जारी छ ? माथिल्लो त्रिशूली ए (२१६ मेगावाट)को खोजी कार्यको पछिल्लो अवस्था के छ ? धेरै जना पीडितहरू आफन्तको अन्तिम संस्कार गर्नको लागि डिएनए रिपोर्टको पर्खाइमा हुनुहुन्छ । परीक्षण कहिले सकिन्छ र आम नागरिकले त्यसको औपचारिक जानकारी कहिले पाउँछन् ? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरेजस्तै मृतक परिवारको राहत तथा उद्धार कार्यको लागि सरकारले राहत प्याकेज कहिलेसम्म घोषणा गर्छ ? होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन कहिले देखी सुरु हुन्छ ? बालबालिका केन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाको कार्यक्रम तत्काल सुरु गरियोस् ।’

उनले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल सुरु गर्न तथा बालबालिका केन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाका कार्यक्रम पनि तत्काल सञ्चालन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

0 Comments