३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका सदस्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ।

अख्तियारका अनुसार बमले विद्यालयमा तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउन निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा अनुसन्धान गरिएको थियो। आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट बमले विद्यालय व्यवस्थापन समितिको सदस्यको हैसियतमा जिम्मेवारी बहन गर्ने क्रममा बदनियतपूर्ण तवरले सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरी आफ्नो निम्ति दुई लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ। सोही आधारमा बमविरुद्ध दुई लाख रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन माग दाबी गरिएको छ।

0 Comments