काठमाडौँ। सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।






