काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा पछिल्लो समय देखिएको विपद् र त्यसबाट प्रभावित नागरिकको अवस्थाबारे छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपाल सरकार र बाढी प्रभावित नागरिकप्रति जापान सरकारले व्यक्त गरेको सद्भाव, सहयोग तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए।
जापानी राजदूत तोरुले दुःखको यस घडीमा नेपालप्रति संवेदना व्यक्त गर्दै विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि जापान सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
भेटवार्तामा नेपाल-जापानबीचको आपसी सम्बन्ध तथा दुई देशबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्यका विषयमा समेत छलफल भएको थियो।






