१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवप्रवर्तन केन्द्र स्थापनाको प्रस्ताव पेस गर्न ११ विश्वविद्यालयलाई सरकारको आग्रह

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले विश्वविद्यालयमा अनुसन्धान, प्रविधि हस्तान्तरण र उद्यमशीलताको वातावरण विकास गर्न असोज १० गतेभित्र नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी प्रस्ताव मागेको छ।

अ+ अ-

काठमाडौँ । सरकारले देशका ११ विश्वविद्यालयलाई नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी प्रस्ताव पेस गर्न आग्रह गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार विश्वविद्यालयहरूलाई आफ्नो विद्यमान अवस्था, क्षमता र भावी कार्ययोजनासहित असोज १० गतेभित्र प्रस्ताव पेस गर्न पत्राचार गरेको हो।

अनुसन्धानदेखि बजारीकरणसम्म जोड
मन्त्रालयले नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासलाई राष्ट्रिय विकासको प्राथमिकतासँग आबद्ध गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यले यो पहल अघि बढाएको जनाएको छ।

विश्वविद्यालयमा उपलब्ध ज्ञान, अनुसन्धान क्षमता, प्राविधिक जनशक्ति, प्रयोगशाला तथा पूर्वाधारको अधिकतम उपयोग गरी विद्यार्थी, अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगी र निजी क्षेत्रबीच सहकार्य तथा ज्ञान हस्तान्तरण प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

नवप्रवर्तनको ‘इकोसिस्टम’ बनाउने लक्ष्य
प्रस्तावित नवप्रवर्तन केन्द्रले विश्वविद्यालयभित्र विकसित अनुसन्धान तथा प्रविधिको प्रयोगात्मक विकास, प्रोटोटाइप निर्माण, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण तथा स्टार्टअप र उद्यमशीलता विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

अनुसन्धानदेखि नवप्रवर्तन र व्यावसायीकरणसम्मको समग्र प्रणाली निर्माण गर्दै बजारसँग जोड्ने कार्यमा केन्द्रले योगदान पुर्‍याउने मन्त्रालयले जनाएको छ।

यी विश्वविद्यालयसँग मागियो प्रस्ताव
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई प्रस्ताव पेस गर्न पत्राचार गरेको छ।

0 Comments