१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रास्वपा दुवै सदनमा छुट्टाछुट्टै दुई तिहाइ जुटाउने पक्षमा छ’ : सांसद आचार्य

रास्वपा सांसद मोहनलाल आचार्यले संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको मत जोड्ने उद्देश्य नरहेको भन्दै दुवै सदनमा छुट्टाछुट्टै दुई तिहाइ जुटाउनुपर्ने पक्षमा पार्टी रहेको बताएका छन्।

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद मोहनलाल आचार्यले संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै दुई तिहाइ बहुमत जुटाउनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन्।

काठमाडौँमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक : अवसर र चुनौती’ विषयक कार्यक्रममा आचार्यले दुवै सदनको मत जोडेर दुई तिहाइ पुर्‍याउने उद्देश्य रास्वपाले नराखेको दाबी गरेका हुन्।

दुवै सदनमा अलग–अलग दुई तिहाइ बहुमत जुटाएर संविधान संशोधन अघि बढाए सर्वोच्च अदालतको अन्तरिम आदेशले असर नगर्ने उनको भनाइ थियो।

दलहरूबीच सहमतिमा जोड
आचार्यले संविधान संशोधनका लागि सबै राजनीतिक दलबीच सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए। दुवै सदनमा छुट्टाछुट्टै दुई तिहाइ बहुमत जुटाउने रास्वपाको चाहनाअनुसार नै सर्वोच्चको आदेश आएको उनको दाबी थियो।

राजनीतिक दलहरूले जानाजान असहयोग गरेको अवस्थामा मात्र दुवै सदनको मत जोडेर दुई तिहाइ पुर्‍याउने विकल्पबारे सोच्न सकिने उनले बताए। तर त्यस्तो बाटो रोज्न खोजिएको आफ्नो बुझाइ नरहेको उल्लेख गर्दै उनले सर्वोच्चको आदेशलाई लिएर शंका गर्नुपर्ने अवस्था नरहेको धारणा राखे।

नियमका दुई व्यवस्था कार्यान्वयन नगर्न आदेश
सर्वोच्च अदालतले बुधबार प्रतिनिधि सभा नियमावली, २०८३ का नियम १४०९११० र २५९ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

नियम १४०९११० मा प्रतिनिधि सभा र राष्ट्रिय सभाको मत जोड्दा दुई तिहाइ पुगे संविधान संशोधन विधेयक प्रमाणीकरणका लागि पठाउन सकिने व्यवस्था छ। अन्तरिम आदेशले उक्त व्यवस्था कार्यान्वयनमा रोक लगाएको छ।

संघीयता प्रभावकारी बनाउनुपर्ने
आचार्यले संघीय प्रणाली अपनाइसकेपछि त्यसको आलोचनाभन्दा प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए।

‘संघीयता मन परे पनि नपरे पनि अब यसलाई प्रभावकारी बनाउनेतर्फ लाग्नुपर्छ। संघीय प्रणालीमा सबैभन्दा महत्त्वपूर्ण विषय संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र स्पष्ट गर्ने हो,’ उनले भने।

विश्वका संघीय मुलुकमा अधिकारको सूचीमाथि व्यापक छलफल हुने उल्लेख गर्दै आचार्यले नेपालमा अधिकार बाँडफाँटबारे पर्याप्त छलफल हुन नसकेको बताए। संघीय प्रणालीलाई बलियो बनाउन यस विषयमा गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।

0 Comments