१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी: १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले आज साँझसम्मको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विपद् प्रतिकार्य र उद्धार कार्य तीव्र रूपमा भइरहेको जनाएको छ ।

प्रशासनका अनुसार गत भदौ १० गते आएको बाढीका कारण हालसम्म संकलन गरिएका शवमध्ये १५ जनाको पहिचान (सनाखत) खुलेको छ । सनाखत हुनेहरूमा रसुवा, नुवाकोट, धादिङ, कास्की र रामेछापका नागरिकहरू रहेका छन् । कुल १९९ वटा शव फेला परेकामा १५ वटाको सनाखत भइसकेको, ४५ वटाको मुचुल्का मात्र गरिएको र बाँकी शवको मुचुल्का तथा डिएनए परीक्षण गरी सनाखत हुन बाँकी रहेको छ ।

बाढीपछि ठूलो सङ्ख्यामा नागरिक तथा पर्यटकहरू सम्पर्कविहीन भएका छन् । प्रशासनका अनुसार रसुवाका एक हजार ६७१, अन्य जिल्लाका एक हजार ८३५ र २७८ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्य जारी राखिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।

उनका अनुसार विपद्लगत्तै गरिएको उद्धार कार्यअन्तर्गत भदौ ३१ गतेसम्म एक हजार ३७२ नेपाली र ८९ विदेशी पर्यटक गरी कुल एक हजार ४६१ जनाको सकुशल उद्धार गरिएको छ । यस्तै, बाढीमा परी घाइते भएका ७४ जनाको उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । तीमध्ये ४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकीलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । बाढीमा परी अस्पताल पुर्‍याइएकामध्ये एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

घरबारविहीन भएका तथा जोखिममा परेका नागरिकलाई विभिन्न नौ वटा आश्रय स्थलमा राखिएको छ । रसुवाका विभिन्न विद्यालय तथा गुम्बा र काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ सेवा गुम्बा, येल्लो गुम्बा र नेपाल बुद्ध धर्म सेवा संघको भवनमा गरी कुल ८१७ जनाले आश्रय लिइरहेका सहायक प्रजिअ अधिकारीले जानकारी दिए।

बाढीका कारण रसुवाका गोसाईंकुण्ड, आमाछोदिङमो, कालिका र उत्तरगया गाउँपालिकाका विभिन्न वडा पूर्ण रूपमा प्रभावित भएका छन् । गोसाइँकुण्डका वडा नं १, ३, ४, ६, माछोदिङमाका सबै वडाहरू र उत्तरगयाका वडा नं १, २, ३ को सडक सञ्जाल पूर्ण रूपमा टुटेकाले राहत तथा पुन:स्थापना कार्यमा चुनौती थपिएको छ । 

राहत वितरणसम्बन्धी थप विवरण जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा अद्यावधिक भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन् ।

0 Comments