३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधान अक्षरहरूको संगालो मात्रै होइन, राज्य र नागरिकबीचको पवित्र करार हो’ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।

नेपालको सन्दर्भमा संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको भनाइ छ। लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता त्यसले सुनिश्चित गरेका मौलिक अधिकार नागरिकको दैनिक जीवनमा रूपान्तरण भएपछि मात्रै सिद्ध हुने उनले उल्लेख गरेका छन्।

“संविधान एक जीवन्त दस्तावेज हो। यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत हुन सक्छन्, संशोधन हुन सक्छन्,” शुभकामना सन्देशमा भनिएको छ, “तर अबको समीक्षा विधिमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।”

लामिछानेले संविधानका उपलब्धि र कमजोरीको समीक्षा गर्दै लोकतन्त्र तथा समावेशितालाई थप बलियो बनाउने विषयमा विवेकपूर्ण बहस गर्न संविधान दिवस उपयुक्त अवसर भएको बताएका छन्।

“बलियो राज्य भनेको बलिया संस्था हुन्,” उनले भनेका छन्, “संविधान दिवसले सबै राजनीतिक शक्ति, राज्यका अङ्ग र आमनागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस्।”

0 Comments