३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न एकजुट हुनुपर्ने बताएका छन् । 

संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानका मूल मर्म र भावनालाई व्यवहारमा अनुवाद गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री भट्टले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानले लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समानता र समावेशिताका मूल्यमान्यतालाई संस्थागत गरेको बताए।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारुले वर्तमान संविधान कानुनको सङ्ग्रह मात्र नभई नेपाली समाजको विविधतालाई समेट्ने एकताको प्रतीक हो भने । 

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संविधानको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए । 

सुदूरपश्चिम प्रदेशका निवर्तमान सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धर्मराज जोशी र धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानालगायतले संविधानका विविध पक्षको विवेचना गरेका थिए । 

समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुख सहभागी थिए । 

0 Comments